रेमिट्यान्स ४ प्रतिशतले घट्यो

२०७७ जेष्ठ ५ गते, सोमबार

काठमाडाैं, ५ जेठ । नेपाल राष्ट्र बैकले चालू आर्थिक वर्षको नौं महिनामा मूल्यवृद्धि उकालो लागेको जनाएको छ । बैकले चालू आर्थिक वर्षको ९ महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे प्रतिवेदन सार्वजानिक गर्दै चैत मसान्तसम्ममा मूल्य वृद्धि ६ दशमलव ७४ प्रतिशत पुगेको जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा मूल्यवृद्धिको अवस्था ४ दशमलव ४४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस अवधीमा खाद्य तथा पेय पदार्थको मुद्रास्फिती ९ दशमलव ६८ प्र्रतिशत र गैरखाद्य पदार्थ र सेवा क्षेत्रको मुद्रास्फिती ४ दशमलव ४८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यस्तै यसै अवधीमा विपे्रषण आप्रवाहमा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब कायम भएको छ ।
अघिल्लो वर्र्षको यसै अवधिमा विप्रेषण आप्रवाहमा २० दशमलव ९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या भने १० दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधीमा यो संख्या ३७ दशमलव ५ प्रतिशतले घटेको थियो । अघिल्लो वर्षको यसै अवधीमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।
यस्तै यसै अवधिमा निर्यातमा १२ दशमलव ९ प्र्रतिशतले वृद्धि भइ ७८ अर्ब ८२ करोडको वस्तु निर्यात भएको थियो भने आयात ७ दशमलव ५ प्रतिशतले घटेर ९ खर्ब ८२ अर्बमा सिमित भएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा शोधनान्तर ३६ अर्ब ८१ करोडले बचतमा रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु