रुप्से झरनाबाट विद्युत उत्पादन गर्ने प्रस्ताव

२०७४ चैत्र २५ गते, आईतवार

काठमाडौं, २५ चैत । मुक्तिनाथ हाइड्रो पावर कम्पनी लिमिटेडले म्याग्दीको रुप्से झरनालाई असर गर्नेगरी झरनाबाटै विद्युत् उत्पादन गर्ने चलखेल गरेko छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित विश्वकै चर्चित रुप्से झरनालाई जोखिममा पारेर विद्युत् उत्पादन गर्ने प्रस्ताव पेश भएको छ । मुक्तिनाथ हाइड्रो पावर कम्पनी लिमिटेडले ४ मेगावाटको जलविद्युत आयोजना सञ्चालन तयारी गरेको हो ।
कम्पनीको प्रस्तावप्रति स्थानीयसमेत विभाजित भएका छन् । कम्पनीले स्थानीयको सहभागितालाई प्रमुख प्राथमिकता दिने र झरनालाई पनि कुनै असर नगर्ने जनाएको वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाले बताए । निर्माण कम्पनीसँगको मिलेमतोमा स्थानीय केही व्यक्तिले जलविद्युत् आयोजना निर्माणमा सहमति जनाए पनि झरना आसपासका बस्तीअन्तर्गत पर्ने काभ्रेका बासिन्दाले झरनालाई संकटमा पार्नेगरी आयोजना बन्न नदिने भन्दै विरोध जनाएका छन् । वडा सदस्य हस्तबहादुर पुनको नेतृत्वमा श्याम पुन, तुलप्रसाद गौचन, नविन जिसीलगायतले राष्ट्रिय सम्पदाको रुपमा रहेको झरनालाई कुनै कम्पनीमार्फत नाफा कमाउने माध्यमको रुपमा प्रयोग गर्ने नदिने भन्दै छलफल बहिष्कार गरेका थिए । धौलागिरी हिमालको फेदबाट बग्ने झरना आसपासमा विद्युत् उत्पादनको प्रयास गरिएमा पानीको मुहान भासिने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रियाहरु