रितिकाको सारीको छेउ बजारमा

२०७४ चैत्र २७ गते, मंगलवार

काठमाण्डौ , २७ चैत । गायिका रितिका जिरेलको नयाँ आधुनिक सारीको छेउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जिरेलको आवाजमा रहेको यस गीतलाई संगीत पनि उनैले दिएकी छिन् भने शब्द पनि उनको नै रहेका सार्बजनिक गीतलाई इन्द्र जिसिले एरेञ्ज गरेका छन् ।
टी टाइम म्यूजिको यूट्युव च्यानलबाट सार्बजनिक भएको यस गीतको भिडियोलाई टंक केसीले खिचेका हुन् भने मदा खड्काले निर्देशन गरेका छन् । रमाइलो गर्दा सारी मिलाए देउन भन्ने शव्दलाई सर्जकले गीतमा उतारेका छन् । उक्त गीतको भिडियोमा गायिका रितिकासँगै हास्य कलाकार भिम केसी, ऋृतु लामा, रुख्मिला, समिक्षा, सनाया र रमिताले अभिनय गरेका छन् भने सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । गायक सँगसगै मोडलिङमा पनि आगामी दिनमा आफुलाई स्थापित गर्ने चाहना रहेको गायिका बताउँछिन् ।

प्रतिक्रियाहरु