अखिल क्रान्तिकारीद्वारा नक्सा प्रदर्शन

२०७६ मंसिर २१ गते, शनिबार

काठमाडौँ , २१ मंसिर । अखिल क्रान्तिकारी जिल्ला समिति कैलालीले भारतीय अतिक्रमणविरुद्ध विभिन्न विद्यालयका विद्यार्थीहरुसहित र्याली निकाल्दै नेपालको नक्सा प्रदर्शन गरेको छ । नक्सा प्रदर्शनसँगै सङ्गठनले कोणसभा पनि आयोजना गर्यो । कोणसभाको सञ्चालन सङ्गठनका जिल्ला सचिव महेश पातलीले गरेका थिए भने सङ्गठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंहले कोणसभालाई सम्बोधन गरेका थिए ।
यसअगाडि अखिल (क्रान्तिकारी) सेती महाकाली ब्यूरोले भारतद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा कञ्चनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित विरोध प्रदर्शन गरिएको थियो । उक्त विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंह र कञ्चनपुर जिल्ला अध्यक्ष नरेन्द्र भाटद्वारा सम्बोधन गरिएको थियो । जुलुसको नेतृत्व अखिल (क्रान्तिकारी) क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहको नेतृत्व गरिएका थियो । विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल, शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेता कार्यकर्तासहित हजारौं विद्यार्थीको सहभागीता रहेको थियो ।

प्रतिक्रियाहरु