राष्ट्रवाद– बलराम तिमल्सिना

२०७५ बैशाख ३० गते, आईतवार

राष्ट्रवाद बागमतीमा पौडिखेल्न गयो !
मन अडिने कुरा अव के चैं वाँकि रह्यो ?
अलिकति ढाँट छल अलिकति ठगी !
तिम्रो खेतीपाती यही वाँकि भयो हगि ?
राष्ट्रवाद……
नेपालका जनताहरू सोझा भैदिनाले !
तिम्ले जता जता भन्छौ उतै गैदिनाले !
फस्टाएको फस्टायै छ तिम्रो खेतीपाति !
झुक्किएर मुसालाई भनेका छन् हात्ती !
राष्ट्रवाद ….!
फुट्यो राष्ट्रवादी मादल अव के बजाउँने ?
आँखा खुले जनताका कसरी कजाउँने ?
धुजा धुजा भयो वरै तिम्रो भ्रमजाल !
अव सोझा जनतालाई दवाउँन थाल !
राष्ट्रवाद….!

प्रतिक्रियाहरु