राष्ट्रपति हमिद स्वदेश फर्कदैं

काठमाडौँ , २९ कार्तिक । मंगलबार काठमाडौं आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपालको राजकीय भ्रमण सकेर आज स्वदेश फर्कदैं छन् । राष्ट्रपति हमिद आज स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्ने कार्यतालिका छ । हिजो पोखरा घुम्न गएका राष्ट्रपति हमिद बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका थिए । उनले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति हमिद आज अपरान्ह साढे चार बजे स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>