राष्ट्रपति हमिद भेटवार्तामा

२०७६ कार्तिक २७ गते, बुधबार

काठमाडौँ, २७ कात्तिक । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र राष्ट्रपति विद्यादेवी भण्डारबीच अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्मको भेटवर्ता हुने र सो भेटवार्तामा आपसी हितका विषयमा छलफल हुने बताइएको छ ।
साथै आज राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम समेत रहेको छ छ । रात्रिभोजअघि अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।
आज बिहान ११ः१० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँसँग शिष्टाचार भेट तय भएको छ ।

प्रतिक्रियाहरु