राष्ट्रपति हमिद नेपाल आउँदै

२०७६ कार्तिक २६ गते, मंगलवार

काठमाडौँ , २६ कार्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपालको औपचारिक राजकीय भ्रमणका लागि आउँदै छन । आजदेखि हुने बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमण मूलतः यो सद्भावना भ्रमण हो । स्वतन्त्रतापछि बंगलादेशलाई मान्यता दिने आठौँ मुलुक हो, नेपाल । नेपालले जनवरी १९७२ मा बंगलादेशलाई मान्यता दिएपछि सुरुमै कुटनीतिक सम्बन्ध स्थापना भएको देश नेपाल हो । तर, ३ दशकदेखि दुवैदेशबाट उच्चस्तरीय राजनीतिक भ्रमण नभएपनि सार्क सम्मेलनका समयमा भने भ्रमण भएका छन् । त्यसैले यो भ्रमणलाई ऐतिहासिक भ्रमणको रुपमा लिइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिदको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको छ। वहाँको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ। दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ। ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ।

प्रतिक्रियाहरु