राष्ट्रपति सी जिनपिङ नेपाल आउँदै

काठमाडौं, २५ असोज। चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने नेपाल भ्रमणकाक्रममा आज अपराह्न काठमाडौं आउँदैछन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । चिनियाँ राष्ट्रपति सी अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसक्ने तालिका रहेको छ । त्यसपछि साँझ साढे ६ बजे राष्ट्रपति सीले नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तालगत्तै उनी राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने जनाइएको छ ।
शनिबारै साँझ राष्ट्रपति सीसित प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन् । आइतबार बिहान साढे १० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने बताइएको छ ।
त्यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । करिब १८ घन्टा नेपालमा बिताएर राष्ट्रपति सी आइतबार दिउँसो साढे १२ बजे पछि स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>