राष्ट्रपति सी’को भ्रमणबारे फैलाईएको अफबाह

२०७६ आश्विन २३ गते, बिहीबार

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही २५ गते शनिबार नेपाल भ्रमणमा आउने निशिचित भएको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने र २६ गते फर्किने जानकारी दिई सकेको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने निशिचित भए लगत्तै काठमाडौंमा सुरक्षा जोखिम बढेको बताइएको छ । काठमाडौँको विभिन्न स्थान उनको स्वागतका लागि सजाइएको ब्यानर, पम्पलेट तथा फ्लेक्स ब्यानर घ्यातिएको छ । उक्त घृणित कार्यमा संलग्नलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ।
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अबसरमा नेपाल कम्युनिस्ट पार्टीले कुनै घटना घटाउने हल्ला चलाएकोमा सो पार्टीको त्यस्तो कुनै रणनीति नभएको बुझिएको छ । राष्ट्रपति सीको नेपाल भ्रमणको अबसरमा नेकपाबिरुद्ध यस्तो हल्ला चलाउन देशी, बिदेशी दलालहरु सक्रिय भएको बुझिएको छ । रास्ट्र , रास्ट्रियता र जनजीविकाका सवाललाई लिएर संघर्षमा उत्रिएको नेकपालाई बद्नाम गर्न त्यस्ता तत्व सक्रिय भएको सो पार्टीनिकट स्रोतले बताएको छ । नेकपालाई अन्तरास्ट्रिय रुपमा बदनाम गर्न सक्रिय त्यस्ता तत्वले सरकारले नेकपासग बार्ता गर्न चाहेको तर नेकपाले अस्विकार गरेको भन्दै अफबाह फैलाई रहेको स्रोतको दावी छ । नेकपालाई रास्ट्र , रास्ट्रियता , जनजीविका र अन्तरास्ट्रिय सम्बन्धप्रति आंच आउने कार्य कदापि सैह्य नहुने समेत स्रोतले प्रस्ट्याएको छ ।

प्रतिक्रियाहरु