राष्ट्रपतिमाथि ड्रोन आक्रमण, सात सैनिक घाइते

काठमाडौं , २० साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ड्रोन आक्रमणबाट जोखिएका छन् । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो । यो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको थियो ।
राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित त्यहाँ उपस्थित भएकाहरुले माथितिर हेर्न थालेका थिए ।
यसै क्रममा ठूलो आवाज सुनिएको थियो । ड्रोन आक्रमणपछि ठूलो संख्यामा सैनिकहरु भाग्दै गरेको दृश्य देखिएको थियो । ड्रोन आक्रमणमा परेर सात जना सैनिक घाइते भए पनि राष्ट्रपति भने सकुशल रहेको अधिकारीहरुले जनाएका छन् । भेनेजुएलाका सञ्चार मन्त्री जर्ग रोड्रिग्जले राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको आरोप लगाए । उनले घटनामा सात जना सैनिक घाइते भएको जानकारी दिए । घाइते सैनिकहरुको उपचार भइरहेको छ । घटनापछि सुरक्षाकर्मीले अनुसन्धानलाई तिव्रता दिएका छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>