रानीपोखरीमा प्राकृतिक पानी नसुकेको तथ्य प्राप्त

काठमाडौं, १९ पुस । करिब ३५० वर्ष पुरानो रानीपोखरीमा प्राकृतिक पानी नसुकेको तथ्य प्राप्त भएको छ । मल्लकालीन शैलीमा रानीपोखरी पुनःनिर्माणका लागि गठित विज्ञ समूहले मंगलबार पोखरीको पुरातात्विक उत्खनन् गर्नेक्रममा पानीको प्राकृतिक स्रोत नसुकेको पाएको हो । पोखरीको पश्चिम किनारामा उत्खनन् गर्दा सतहदेखि तीन फिट तल पानी फेलापरेको र त्यसभन्दामाथि प्राचीन शैलीमा चार तह कालोमाटो र बालुवाको तह बनाएर पानी अड्याउने गरेको पाइएको हो ।
उत्खनन्मा संलग्न आलोक सिद्धि तुलाधरले प्रारम्भिक चरणमै महत्वपूर्ण उपलब्धि हासिल भएको भन्दै पोखरीभित्र रहेको भनिएको इनारको विषयमा पनि चाँडै तथ्य बाहिर आउने विश्वास व्यक्त गरे । विज्ञ समूहका संयोजक एवं पुरातत्वविद् विष्णुराज कार्कीले मल्लकालीन पोखरीको निर्माण शैली, प्रविधि र स्वरुप दुई/तीन दिनभित्रै पत्ता लाग्ने बताए । मंगलबार पहिलो चरणमा पोखरीको दक्षिणपट्टि प्रताप मल्लको सालिकसँगै र पश्चिम किनारामा उत्खनन् गरिएको हो ।
सोमबार बसेको सो समूहको पहिलो बैठकले रानीपोखरी पुनःनिर्माण गर्नुअघि सो क्षेत्रमा उत्खनन् निर्णय गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>