रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु

२०७५ असार ३ गते, आईतवार

काठमाडौं, ३असार । भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ । काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा कलेजका विद्यार्थीले गरिरहेको एक कार्यक्रममा विवाद भएपछि अश्रुग्यास प्रहार गरिँदा भागदौड मच्चिएको हो । घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु