राता मानिस – वैरागी जेठा

२०७४ कार्तिक २७ गते, सोमबार

नागार्जुनका झारहरू
राता मानिस खोजिरहे थे
जितपुरका फाँटमा

तिनपिप्ले भञ्ज्याङमा
ठिङ्ग उभिन्छु ,आँखा लोलाउँदै
त्यहाँका बासिन्दाहरू शून्य शून्य
उनीहरू मलाई पढ्न
निशंकोच मानिरहेका थिए
शिष्टाचारबाट हराएका
मानिसहरूमा हाँसो थिएन
रातामान्छेहरू खोज्न
आँखा डुलाउन खोज्दा खोज्दै
दिन बित्यो ।
कोही सूर्य
कोही रूख , गाई
कुनै मुठ्ठी र हलाहरू
म चुपचाप
राता मानिसहरू
कतै भेटिएनन्
आजको दिन
उही पुराना आकृतिहरूसँग
भालाकुसारी गर्दै बिते दिन
साना बालबालिकाहरू पनि
कतै हराएझैँ लाग्ने
धौलेश्वरका झाडीहरूमा
उनीहरू प्रदेश भएका रहेछन्
बलामी गाउँका उत्तिसहरू
आँशु बगाइरहेथे ।
त्याँहा पनि थिएनन्
कुनै राता मानिसहरू
नागार्जुनको वन हेर्दै
म मौन रहेँ
नेपाको दहमा हेरेँ
कालै काला मान्छेहरू
मल्लका आँखाझैँ बाले आँखा
मैले राता मानिस
भेट्टाउनँनै सकिन ।

प्रतिक्रियाहरु