राता नदीहरू – वैरागी जेठा

कहिल्यै न झुक्ने
अग्ला शिरका मान्छेहरू
जोशिला गोरखालीहरू
आमाको छाती ,रगतले पोत्न उठ
यो देशका सिपाहीहरू
आ–आफ्ना
स्वप्न आँखाहरू खोल्दै
जाग युवा युवतीहरू हो ?
नेपाललाई
सुन्दर समाज बनाउन
सिद्धान्त र नियमहरू स्थापना गर्दै
संयम पूर्वक
आफ्नो सदाचारमा
नैतिक जीवनयापन गर्न
युग युग देखिन खोजिएको
संघियता छाइसकेको छ
लुङ्ग्रीका भित्ताबाट निस्केका
राता नदीहरू
सिकर्मीले टुँडालमा बुट्टा कोरेझैँ
एकनास खोपीरहेछन्
अक्षरका रेखाहरू
पँहेलै पारेर दन्कीरहेकाछन्
अब ,यतिबेला
निभाई नसक्नु भएको छ
डँढेलामा परेका विचारहरू
मेरो देश मात्र हैन
संसार स्नेहको पाशो खोज्दै छ
जुन पाशोले खिचिएका
पशुहरू जस्तै
हृदयका कुरा गर्दा रहेछन्
सोच्ता सोच्तै
म ब्यूँझेको छ
बारुदका उपर्ना ओढेर
बसिरहेकी लुङ्ग्री
बज्रपात सहीरहेकी छ
शब्दहरू बढ्दैछन्
शैलुङका टाकुराहरूझैँ
सबै मान्छेहरू, सामूहिकता त्यागेर
व्यक्ति स्वार्थमा उभिएका बेला
आँसुले आँखा धमिलिएको छ
गोलीहरूले बनाइएका प्वालहरू
केही समय बाँच्ने सपनाहरू बाँडिरहेछन्
एक पल्ट युद्ध हुने छ
धार्मिक युद्ध
भोकको युद्ध
डाँडाकाँडाहरू भत्काउँने गरी
बारुदका सुस्केराहरू
रोइरहेकाछन्
शोकाकूल बाँसुरीहरू
मान्छेका छातीमा बज्रन नपाएर
बूढा गिद्धले झैँ लुछीरहेछ
हाम्री आमालाई
हर्षका मनहरू !
मलाई विश्वास छ
यो देशका मान्छेहरू
फेरि उठ्ने छ
अरिङ्गालका हुलहरू झैँ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>