युवा संगठनका जिल्ला सदस्य परियारलाई तत्काल रिहा गर्न माग

२०७६ कार्तिक १५ गते, शुक्रबार

काठमाडौँ , १५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन, नेपालले संगठनका कास्की जिल्ला सदस्य भिमसेन परियारलाई तत्काल रिहा गर्न माग गरेको छ । संगठनले परियारलाई विनाकारण दलाल सरकारका मतियारहरुले कार्तिक १२ गते राती घरबाट देशमा बेरोजगार युवाहरुले रोजगार पाउनुपर्छ भन्दै राजनीतिक आस्था बोकेको र आवाज उठाएको हुँदा गिरफ्तार गरी बन्दी बनाएको घटनाप्रति घोर भत्र्सना गरेको छ । युवा संगठन, नेपाल कास्की जिल्ला अध्यक्ष निशाले बिहीबार प्रेस विज्ञप्ति निकाली जनताले अधिकारको लागि सधै आवाज उठाउने र त्यसमा पनि मुख्य भूमिका युवाको रहने हुँदा विचारलाई कैद गरेर कैद नहुने कुरा बेलैमा यो दलाल सरकार र दलाल सरकारका मतियारहरुले बुझ्नु अति आवश्यक छ र दमन धरपकट तत्काल बन्द गर्न सचेत गराउँदै भिमसेन परियारलगायत गिरफ्तार कमरेडहरुलाई विना सर्त रिहाई नगरे उत्पन्न परिस्थितिको जिम्मा दलाल सरकार र दलाल सरकारका मतियार हुने जानकारीसमेत गराएकी छिन् ।
युवा संगठन, नेपाल कास्की जिल्ला अध्यक्ष निशाको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका कास्की जिल्ला सदस्य भिमसेन परियारलाई विनाकारण दलाल सरकारका मतियारहरुले कार्तिक १२ गते राती घरबाट देशमा बेरोजगार युवाहरुले रोजगार पाउनुपर्छ भन्दै राजनीतिक आस्था बोकेको र आवाज उठाएको हुँदा गिरफ्तार गरी बन्दी बनाएको छ । जनताले अधिकारको लागि सधै आवाज उठाउने र त्यसमा पनि मुख्य भूमिका युवाको रहने हुँदा विचारलाई कैद गरेर कैद नहुने कुरा बेलैमा यो दलाल सरकार र दलाल सरकारका मतियारहरुले बुझ्नु अति आवश्यक छ र दमन धर पकट तत्काल बन्द गर्न युवा संगठन नेपाल कास्की जिल्ला समिति सचेत गराउँदै विरोध गर्दछ, गिरफ्तार कमरेडहरुलाई विना सर्त रिहाईको माग गर्दछ । अन्यथा उत्पन्न परिस्थितिको जिम्मा दलाल सरकार र दलाल सरकारका मतियार हुने जानकारी गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु