युवा संगठनका केन्द्रीय सदस्य भट्ट गिरफ्तार, तत्काल रिहा गर्न माग

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन, नेपालले संगठनका केन्द्रीय सदस्य श्याम भट्टलाई गिरफ्तार गरी झुठा मुद्दा लगाएकोमा घोर आपत्ति प्रकट गरेको छ । सो संगठनका अध्यक्ष पाटन जंगलीले मंगलबार विज्ञप्तिमार्फत भट्टलाई बैतडीको पाटन नगरपालिका हतासबाट गिरफ्तार गरी झुठा मुद्दा लगाएकोमा घोर आपत्ति प्रकट गरेका छन् । अध्यक्ष जंगलीले विज्ञप्तिमा भनेका छन्, ‘कथित केपी–प्रचण्डको कठपुतली सरकारले नेपाली जनतामाथि दिन प्रतिदिन दमनको चक्र चलाइरहेको छ । बिनाकारण घर खानतलासी, धरपकड गरी नेपाली जनतामाथि आतंक सृजना गर्दै आएको छ । यहि क्रममा हाम्रो संगठनका केन्द्रीय सदस्य कमरेड श्याम भट्टलाई बैतडीको पाटन नगरपालिका हतासबाट गिरफ्तार गरी झुट्टा मुद्दा लगाएकोप्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ ।’
जंगलीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘कथित स्थानीय र केन्द्रीय सरकारका नाममा जनतामा लुट मच्चाउदै गाउँगाउँमा भ्रष्टाचार, सुदखोर, कमिसनखोरहरुको बिगबिगीले नेपाली जनता आजित भएका छन् । आफ्नो स्वार्थ पुरा गर्न जस्तो सुकै निर्णय गर्न पछि नपर्ने सत्ताका मालिकहरुले नेपाली जनताको स्वास्थ्यमाथि पनि खेलवाड गरिरहेका छन् । यी चरम ब्यथितिका बिरुद्धमा हाम्रो संगठन जस्तो सुकै मुल्य चुकाउन पनि पछि नपर्ने सबैमा अवगत गराउछौ ।’ विज्ञप्तिको अन्त्यमा अध्यक्ष जंगलीले भनेका छन्, ‘बिदेशीको गुलाम गर्ने कथित दलाल सरकारले नेपाली जनतामाथि गर्दै आएको दमनलाई तुरुन्त बन्द गरी गिरफ्तार कमरेडहरुको बिनासर्त रिहाईको जोडदार माग गर्दछौ ।’

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>