युगान्तकारी अक्टुबर क्रान्तिको गौरवमय गाथा – हस्तबहादुर के.सी.

२५ अक्टुबर विश्वसर्वहारावर्गका लागि एक ऐतिहासिक दिन हो । यसै दिन अर्थात् सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको थियो । यस क्रान्तिले विश्वमानव समाजमा पहिलो पटक सर्वहारावर्गको अघिनायकत्व स्थापना गरेको थियो र पुँजीवादी राज्यव्यवस्थालाई माटोको धुलोमा पुरी दिएको थियो । त्यसैले यो क्रान्ति एक ऐतिहासिक र युगान्तकारी घटना थियो । यस अक्टुबर क्रान्तिले एउटा नयाँ युगको महान समाजवादी क्रान्तिको युगको सूत्रपात गरेको थियो, यस क्रान्तिले कारण नयाँ संसार निर्माणको थालनी गरेको थियो । जसको अहिले पनि विश्वभरका सर्वहारा श्रमजीवी वर्गले यसको गौरव गाथा गाइनै रहेका छन् ।
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा विश्वविख्यात कम्युनिष्ट घोषणापत्र जारी भएको ठिक ६९ वर्ष पछि, कम्युनिष्ट अन्तर्राष्ट्रिय गठन भएको ५३ वर्षपछि, पेरिस कम्युन निर्माण भएको ४६ वर्ष पछि कार्ल माक्र्सको निधन भएको ३४ वर्ष पछि र फ्रेडरिक एंगेल्सको मृत्यु भएको ठिक २२ वर्ष पछि महान् रुसी अक्टुबर समाजवादी क्रान्ति महान लेनिनको नेतृत्वमा रुसी बोल्सेविक कम्युनिष्ट पार्टीले सम्पन्न त्यहाँ पुँजीवादको पुनःस्थापना भएको भए पनि आज १०० वर्ष पुगिसक्दासम्म पनि अक्टुबर क्रान्तिको महत्व समाप्त भएको छैन, झनै बढेर गएको छ, किनभने आजको युग साम्राज्यवाद र विश्व सर्वहारावर्ग बिचको भीषण संघर्षको युग हो । फेरी पनि सर्वहारावर्गले पुँजीवादी राज्यव्यवस्थालाई ध्वंश गरेर माटोमा मिलाई दिनेछ र सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने छ । समाजको गतिको यो वैज्ञानिक नियमलाई विश्वको कुनै पनि ताकतले रोक्न सक्ने वाला छै्रन ।
यही वर्ष अर्थात् सन् २०१७ अक्टुबर २५ तारिखका दिन महान रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको १०० वर्ष पुरा हुदै छ । यस ऐतिहासिक अवसरमा विश्वसर्वहारावर्ग र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले यस वर्षको २५ तारिखका दिन अक्टुबर क्रान्तिको सतवार्षिकी धुमधामका साथ मनाउने तयारी गरिरहेका छन् ।
अक्टुबर क्रान्तिको ऐतिहासिक महत्व के मा निहित छ ? यस क्रान्ति कसरी सम्पन्न गरिएको थियो र यसबाट विश्वसर्वहारा वर्गले के शिक्षा लिन जरुरी आदि विषयमा यस लेखमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
जुन समयमा रुसमा पुँजीवादी व्यवस्थाले साम्राज्यवादमा प्रवेश गरिसकेको थियो, त्यही अवस्थामा पुँजीवादी–साम्राज्यवादी व्यवस्थालाई ध्वस्त गरि वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने महान योजना र लक्ष्यका साथ विश्वसर्वहारावर्गका महान् नेता तथा सोभियत कम्युनिष्ट पार्टी (बोल्सेविक) का नेता भी.आई. लेनिनको नेतृत्वमा मजदूर वर्गको अगुवाइमा र किसानहरुको सहयोगमा २५ अक्टुबर सन् १९१७ मा सम्पन्न गरिएको महान समाजवादी क्रान्तिलाई महान् अक्टुबर क्रान्ति भनिन्छ ।
महान अक्टुबर समाजवादी क्रान्ति सशस्त्र जनविद्रोहका साथ तत्कालिन रुसका दुई राजधानी मस्को र पेत्रोग्रादमध्य एक पेत्रोग्रादमा परम्परागत पात्रो अनुसार २५ अक्टुबर १९१७ र नयाँ पात्रो अनुसार ७ नोभेम्बर १९१७ मा सम्पन्न भएको थियो । सन् १९१८ पछि ७ नोभेम्बरलाई अक्टुबर क्रान्तिको वार्षिक उत्सवलाई औपचारिक राष्ट्रिय दिवस मनाइएको थियो ।
महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले रुसमा पुँजीवादी व्यवस्थालाई ध्वंश गरि वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको स्थापना गरेको थियो । यस महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले विश्वमा नै मानवजातिको इतिहासमा पहिलो पटक पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरि सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेको थियो । अर्थात् यस क्रान्तिले विश्वमा नै पहिलो पटक पुजीवादीवर्गको हातबाट पुँजीवादी व्यवस्था छिनेर श्रमजीवीवर्ग सर्वहारावर्गको हातमा राज्यसत्ता सुम्पेर विश्वमै पहिलो पटक श्रमिजीवी वर्ग, कामगरि खाने वर्ग अर्थात सर्वहारावर्गलाई सोभियत रुसको मालिक वर्गका रुपमा रुपान्तरण गरिदिएको थियो ।
रुसी समाजवादी क्रान्तिलाई किन अक्टुबर क्रान्ति भनिन्छ ?
अक्टुबर समाजवादी क्रान्ति तत्कालिन रुसी पात्रो अनुसार यो नोभेम्बर महिनामा भएको क्रान्ति भए पनि यसलाई अक्टुबर क्रान्ति नै भनिन्छ । सन् १९१७ को फेब्रुअरी क्रान्तिले जारशाहीको शासनलाई उन्मुलन गरेर पुँजीवादी लोकतान्त्रिक प्रणालीको स्थापना गरेको थियो । यसलाई बुर्जुवा डेमोक्रेटिक क्रान्ति पनि भनिन्छ । यसले जारशाहीलाई सक्ताच्यूत गरे पनि अस्थायी वा अन्तरिम सरकारका रुपमा स्थापना भएको थियो । यसको प्रमुखमा समाजवादी नेता करेन्स्की सरकारका प्रमुख थिए । त्यस सरकारमा मेन्सेबिकहरु पनि सम्मेलित थिए । मेन्सेविक भनेको रुसको सुधारवादी पार्टी थियो ।
तत्कालिन अवस्थामा पहिलो विश्वयुद्ध चलिरहेको र जनता युद्धको अन्त्य र शान्तिको स्थापना चाहन्थे । तर जनताको यो भावनालाई संबोधन गर्न अस्थायी सरकारले नसके पछि जनआक्रोस बढ्दै गए पछि त्यसै अवस्थामा लेनिनको नेतृत्वमा २५ अक्टुबर १९१७ मा क्रान्ति सम्पन्न भयो र यसलाई वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना ग¥यो । रुसी क्रान्तिकारी कम्युनिष्ट पार्टी (बोल्सेविक) को नेतृत्वमा सम्पन्न भएको क्रान्तिलाई अक्टुबर क्रान्ति भनिन्छ । यो क्रान्तिले विश्वमै पहिलो पटक पुँजीवादको अन्त्य र समाजको स्थापनाको पहिलो राजनीतिक घटना हुन पुगेकाले अक्टुबर क्रान्तिलाई महान् युगान्तकारी समाजवादी क्रान्तिको नाम दिइएको हो । र यस क्रान्तिले सर्वहारावर्गलाई पुँजीवादको चिहान खन्ने वर्गको रुपमा स्थापित गरेको पहिलो घटना भएकोले यसलाई विश्वमानव समाजमा एक ऐतिहासिक घटना र एक युगान्तकारी घटनाका रुपमा लिइन्छ ।
यस अघि सन् १७७६ मा उपनिवेशवादका विरुद्धमा अमेरिकामा भएको स्वतन्त्रतामा संग्रामले उपनिवेशवादी युगको अन्त्यको प्रारम्भ गरेको थियो । त्यस पछि सन् १७८९ मा फ्रान्समा भएको राज्यक्रान्तिले राजतन्त्रको अन्त्यको युगलाई समाप्त गरि जनताको राज्य स्थापना गर्ने कार्य गरेको थियो भने यो क्रान्ति पछि युगलाई नै परिवर्तन गर्ने र इतिहासलाई उलटफेर गर्ने भएकाले यो महान युगान्तकारी क्रान्तिका रुपमा अक्टुबर क्रान्ति रहेको छ ।
महान रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको यसै वर्षको अक्टुबर २५ का दिन १०० वर्ष पुरा हुदै छ । यस वर्ष विश्वभरका क्रान्तिकारी कम्युनिष्टहरु र सर्वहारा वर्गले अक्टुबर समाजवादी क्रान्तिको सतवार्षिकी धुमधामका साथ मनाउने तयारी गरिरहेका छन् ।
अक्टुबर क्रान्ति सम्पन्न गर्न गरिएको तयारी
अक्टुबर क्रान्ति कुनै जादूमयी तरिकाले सम्पन्न गरिएको घटना होइन । कुनै पनि क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुलाई लामो तयारीको आवश्यकता पर्दछ । जस्तै ः
१) क्रान्तिकारी सिद्धान्तलाई ठोस गर्ने तयारी
२) क्रान्तिकारी पार्टी निर्माणको तयारी ।
३) ठोस कार्यदिशाको निर्माणको तयारी ।
४) निश्चित योजना निर्माणको तयारी ।
५) कार्यान्वयनको कलात्मक तयारी ।
६) सैन्य योजनाको ठोस तयारी ।
७) संयुक्त मोर्चाको निर्माण र परिचालनको तयारी
८) ठोस परिस्थितिको ठोस विश्लेषणको आवश्यकता आदि ।
क) क्रान्तिका लागि क्रान्तिकारी विचारको प्रश्न
“अत्यन्त विकसित सिद्धान्तद्वारा निर्देशित पार्टीले मात्र अग्रगामी लडाकूको भूमिका पुरा गर्न सक्छ” भन्नु हुने लेनिनले सर्वप्रथम क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको बारेमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने सिलसिलामा माक्र्सवादको दोस्रो चरणमा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको सैद्धान्तिक ज्ञानभण्डारमा थप योगदान पु¥याउनु भयो । र क्रान्तिकारी माक्र्सवाद नै समाजवादी क्रान्तिका लागि पथप्रदर्शक सिद्धान्त हुने कुरा सुनिश्चित गर्नु भयो ।
ख) क्रान्तिकारी पार्टीको निर्माण
क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी पार्टीको आवश्यक पर्दछ । अक्टुबर क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिका लागि सिद्धान्त र क्रान्तिकारी पार्टी आवश्यक पर्दछ भन्नु हुने लेनिनले सन् १९०३ मा नै तेस्रो महाधिवेशनबाट मार्तोमपन्थिी, मेन्सेविक पन्थीहरुसित सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी रुसी कम्युनिष्ट पार्टी (बोल्सेविक) को निर्माण गरेर अगाडि बढनु भयो । र जुलाई १९१२ मा प्राग पार्टी सम्मेलन सम्पन्न गरियो । प्राग पार्टी सम्मेलनले बोल्सेविक पार्टीभित्र रहेका मेन्सेविकवादीहरु, अर्थवादीहरु सामाजिक जनवादीहरु लगायतका अवसरवादीहरुलाई निकालेर लेनिनको नेतृत्वमा बोल्सेविकहरुद्वारा एउटा स्वतन्त्र माक्र्सवादी पार्टीको निर्माण गर्न सफलता मिलेको थियो । यसकै नेतृत्वमा २५ अक्टुबर १९१७ मा महान रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको थियो । क्रान्तिका लागि क्रान्तिकारी पार्टी आवश्यक पर्दछ भन्ने लेनिनको सैद्धान्तिक मान्यतालाई यस प्रमाणित गरि दिएको थियो ।
प्राग सम्मेलन (जनवरी १९१२) मा मेन्सेविकहरुलाई पार्टीबाट निस्काशित गरियो र एउटै पार्टीभित्र मेन्सेविकहरुसितको बोल्सेविकहरुको औपचारिक एकता सदाका लागि खतम भयो । त्यस पछि अगाडि बढेर बोल्सेविकहरुले औपचारिक रुपले आफूलाई एउटा स्वतन्त्र पार्टी रसियाली सामाजिक–जनवादी मजदूर पार्टी (बोल्सेविक) मा संगठित पारे । प्राग सम्मेलनले एउटा नयाँ ढंगको पार्टी–माक्र्सवादी–लेनिनवादी पार्टी, बोल्सेविक पार्टीको श्री गणेश ग¥यो ।
प्राग सम्मेलनमा सर्वहारा पार्टीबाट अवसरवादीहरुलाई, मेन्सेविकहरुलाई, निस्काशित गरे पश्चात यस कार्यले पार्टी र क्रान्तिको तयारीका कामलाई अगाडि बढाउन महत्वपूर्ण र निर्णायक प्रभाव पा¥यो । यदि बोल्सेविकहरुले सर्वहारावर्गको लक्ष्यप्रति मजदूरहरुको, लक्ष्यप्रति विश्वासघात गर्नेहरुलाई, मेन्सेविक सम्झौतावादीहरुलाई पार्टीबाट निकालेर नपठाएको भए बोल्सेवक पार्टीले २५ अक्टुबर सन् १९१७ मा सर्वहारावर्गको अधिनायकतन्त्र प्राप्तिका लागि संघर्षमा जनलाई जागृत पार्न सक्ने थिएन ।
प्राग सम्मेलन नै अक्टुबर क्रान्तिको मुख्य आधार बन्यो । मेन्सेविकहरुलाई विचारधारात्मक र संगठनात्मक दृष्टिबाट खतम पारेपछि र उनिहरुलाई पार्टीबाट निकालेपछि बोल्सेविकहरुले पार्टीको पुरानो झण्डा र.सा.ज.म.पा. को झण्डालाई कायम राखे ।
१९१२ को शुरमा गोर्कीलाई लेखेको चिठ्ठीमा लेनिनले प्राग सम्मेलनको परिणामबारे भन्नुभएको थियो ः
“आखिरमा, विसर्जनवादी फोहरमैला हुँदाहुँदै पनि, हाम्रो पार्टी र त्यसको केन्द्रीय समितिलाई पुनस्थापित गर्नमा सफल भएका छौं । आशा छ, यस कुरामा तपाईंलाई पनि खुशी लाग्नेछ ।” (लेनिन, संकलित रचनाहरु, रसियाली संस्करण, भाग २५, पृष्ठ १९)
प्राग सम्मेलनको महत्वबारे चर्चा गर्नु हुँदै कामरेड स्टालिनने भन्नुभयो ः
“यो सम्मेलन हाम्रो पार्टीको इतिहासमा औधी महत्वको थियो, किनभने यसले बोल्शेविक र मेन्शेविकहरुका बीचमा एउटा सीमारेखा कोरिदियो, र मुलुकभरका बोल्शेविक संगठनहरुलाई एउटा संयुक्त बोल्शेविक पार्टीमा एकत्रित पा¥यो ।” (सो.सं.क.पा. (बो.) को पन्ध्रौं महाधिवेशनको शब्दशः प्रतिवेदन, रसियाली संस्करण, पृष्ठ ३६१–६३)
मेन्शेविकहरुको निस्काशन र एउटा स्वतन्त्र पार्टीको निर्माणपछि बोल्शेविक पार्टी झन् दरो र बलियो भयो । पार्टीले आफ्ना पङ्क्तिहरुबाट अवसरवादी तत्वहरुलाई निकालेर आफूलाई बलियो पार्छ– यो दोस्रो इन्टरेशनलका सामाजिक–जनवादी पार्टीहरुबाट मूलतः भिन्नै नयाँ खालको पार्टी, बोल्शेविक पार्टीको एउटा सिद्धान्त हो । दोस्रो इन्टरनेशनलका पार्टीहरु आफूलाई माक्र्सवादी पार्टी भन्दथे तर तिनीहरुले वास्तवमा माक्र्सवादका शत्रु, खुल्ला अवसरवादीहरुलाई आफूभित्र राखिछाडेका थिए र उनीहरुलाई दोस्रो इन्टनशेनललाई भ्रष्ट पार्न र बिगार्न छुट दिएका थिए । त्यसको उल्टो, बोल्शेविकहरुले अवसरवादीहरुको विरुद्ध डटेर सङ्घर्ष चलाए, सर्वहारा पार्टीबाट अवसरवादका फोहरमैला बढारेर पठाए र एउटा नयाँ खालको पार्टी, लेनिवादी पार्टी निर्माण गर्नमा सफलता हासिल गरे, र यही पार्टीले पछि गएर सर्वहारावर्गको अधिनायकतन्त्र कायम ग¥यो ।
सर्वहारा पार्टीका पङ्क्तिहरुमा अवसरवादीहरु रहिरहेका भए, बोल्शेविक पार्टीले फराकिलो राजमार्गमा निस्केर सर्वहारावर्गको नेतृत्व गर्नसक्ने थिएन, यसले सत्ता कब्जा गरेर सर्वहारावर्गको अधिनायकतन्त्र स्थापना गर्न सक्ने थिएन र यसले गृह–युद्धमा विजयी बनेर समाजवादको निर्माण गर्न सक्ने थिएन ।
सन् १९१२ देखि १९१४ सम्म बोल्सेविकहरुले वैधानिक कामलाई महत्व दियो । खुला कार्यक्रम ग¥यो । क्रान्तिको नयाँ उत्थानको अवधिमा (१९१२–१४) बोल्शेविक पार्टीले मजदूर आन्दोलनको नेतृत्व गरेर त्यसलाई बोल्शेविक नाराहरु अन्तर्गत नयाँ क्रान्तितर्फ लग्यो । पार्टीले योग्यतापूर्वक गैर–कानूनी कामलाई कानुनी कामसित गाँस्यो । विसर्जनवादीहरु र तिनका मित्र ट्राटस्कीपन्थी र बहिष्कारवादीहरुको प्रतिरोधलाई चकनाचूर पारेर पार्टीले सबै खालको कानुनी आन्दोलनमा नेतृत्व हासिल ग¥यो, र विद्यमान कानुनी संगठनहरुलाई आफ्नो क्रान्तिकारी कामको आधारमा फे¥यो ।
मजदूरवर्गका शत्रुहरु र मजदूर आन्दोलनभित्र तिनका दलालहरुको विरुद्ध सङ्घर्षमा पार्टीले आफ्ना पंक्तिहरुलाई सुदृढ बनायो, र मजदूरवर्गसितको आफ्नो सम्बन्धलाई विस्तृत पा¥यो । दूमालाई क्रान्तिकारी प्रचार–आन्दोलनको मञ्चको रुपमा व्यापक ढंगले उपयोग गरेर र आम मजदूरहरुको राम्रो अखबार प्राब्दाको स्थापना गरेर पार्टीले क्रान्तिकारी कार्यकर्ताहरुको एउटा नयाँ पुस्तालाई, प्राब्दापन्थीहरुलाई प्रशिक्षित पा¥यो । साम्राज्यवादी युद्धको बेलामा मजदूरहरुको यो अंग अन्तर्राष्ट्रियतावाद र सर्वहारा क्रान्तिको झण्डाप्रति इमानन्दार रह्यो । पछि गएर अक्टोबर १९१७ को क्रान्तिको बेलामा यो अंग बोल्शेविक पार्टीको ढाड बन्यो ।
साम्राज्यवादी युद्ध शुरु हुनुअघि पार्टीले क्रान्तिकारी कार्वाहीमा मजदूरवर्गको नेतृत्व ग¥यो । यी कार्वाहीहरु अग्रणी मुठभेड थिए र साम्राज्यवादी युद्धले गर्दा त्यसमा बाधा प¥यो, र तीन वर्षपछि फेरि शुरु भई त्यसले जारशाहीलाई खतम पा¥यो । बोल्शेविक पार्टीले सर्वहारा अन्तर्राष्ट्रियतावादको झण्डा फरफराउदै साम्राज्यवादी युद्धको कठिन अवधिमा प्रवेश ग¥यो ।
‘ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको आत्मा हो’ भन्नु हुने लेनिनले बोल्सेविक क्रान्तिका लागि सोभियत रुस र अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्नु भयो । अप्रिल थेसिस मार्फत लेनिनले रुसमा क्रान्ति गर्ने बेला (जनविद्रोह गर्ने) बेला परिपक्व भई सकेको छ, ढिला गर्न हुन्न भन्ने निस्कर्ष निकाल्नु भयो । लेनिनले क्रान्तिका लागि “विद्यमान सरकार देश र जनताको लागि काम गर्नै नसक्ने अवस्थामा पुगेछ र जनता त्यस सरकारलाई स्वीकार गर्न सकने अवस्थामा नभएको परिस्थितिमा पुगेको बेला छ भने क्रान्ति सम्भव छ” भन्ने विश्लेषण गर्नु भयो । र त्यसबेला अस्थाई सरकारले सरकार चलाउनै नसक्ने अवस्थामा पुगेको थियो भने रुसी जनता त्यस सरकारलाई रत्तिभर विश्वास गर्दैन्थिए जसका कारण बोल्सेविकहरुलाई विद्रोह संंचालित गर्न सजिलो भयो ।
क्रान्तिलाई सम्भव तुल्याउनका लागि निम्ति तात्कालिक नाराहरु र कार्यक्रमिक योजनाको महत्वपूर्ण भूमिका हुन्छ । तत्कालिन अवस्थामा बोल्सेविक पार्टीले “शान्ति, जमीन र रोटी” को नारा दियो । उक्त नाराले बोल्सेविकहरुलाई अक्टुबर क्रान्ति सम्पन्न गर्न कोसेढुङ्गाको काम ग¥यो ।
सन् १८९७ देखि १९१७ सम्मको समग्र अवधिमा निम्न पुस्तकहरु लेखेर लेनिनले रुसमा दार्शनिक, सैद्धान्तिक, वैचारिक, राजनीतिक, आर्थिक आदि चेतनाको विकास गराउनु भयो ः
ड्ड आर्थिक स्वच्छन्दताको चरित्र चित्रण (१८९७, दर्शन)
ड्ड रुसमा पूँजीवादको विकास (१८९९, अर्थशास्त्र)
ड्ड के गर्ने ? (१९०१ – ०२ समाजवाद)
ड्ड एक पाइला अघि दुई पाइला पछि (१९०४, समाजवाद)
ड्ड जनवादी क्रान्तिमा सामाजिक जनवादका दुई कार्यनीति (१९०५, समाजवाद)
ड्ड क्रान्तिकारी पार्टी र क्रान्तिकारी सेना (१९०५, समाजवाद)
ड्ड भौतिकवाद र अनुभवसिद्ध आलोचना (१९०८, दर्शन)
ड्ड माक्र्सवाद र संशोधनवाद (१९०८, समाजवाद)
ड्ड माक्र्सवादका ३ स्रोत र ३ संघटक अंग (१९१३, दर्शन)
ड्ड दार्शनिक नोटबुक (१९१४–१६, दर्शन)
ड्ड साम्राज्यवाद ः पूँजीवादको चरम अवस्था (१९१६, अर्थशास्त्र)
ड्ड समाजवाद र युद्ध (१९१६, समाजवाद)
ड्ड समाजवादी क्रान्ति र जातिहरुको आत्मनिर्माणको अधिकार (१९१६, समाजवाद)
ड्ड सर्वहारावर्गको सैन्य कार्यक्रम (१९१६, समाजवाद)
ड्ड युद्ध र क्रान्ति (१९१७, समाजवाद)
ड्ड राज्य र क्रान्ति (१९१७, समाजवाद)
ड्ड माक्र्सवाद र विद्रोह (१९१७, समाजवाद)
ड्ड अप्रिल थेसिस (१९१७, समाजवाद)
यसरी शुरु गरियो अक्टुबर क्रान्ति
लेनिनको नेतृत्वमा रहेको बोल्शेभिक पार्टीले रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्नको लागि १५ दिन अगाडि मात्रै सशस्त्र विद्रोहको कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तारिखमा लेनिन गोप्यरुपमा फिनल्याण्डबाट पेत्रोग्रादमा आइपुग्नु भयो । १९१७ अप्रिल ४ का दिन अप्रिल थेसीस प्रस्तुत गर्नुभयो । १० अक्टोबर १९१७ मा पार्टी केन्द्रीय समितिको एैतिहासिक बैठक बस्यो, जसमा आगामी केही दिनमा सशस्त्र विद्रोह चलाउने निर्णय भयो ।
रुसमा समाजवादी क्रान्तिको तुलनात्मकरुपले सजिलैसित विजय हासिल हुनमा धेरै कारणहरु थिए । ति मध्ये मुख्य कारण निम्न थिए ः
१. जारलाई सत्ताच्यूत गरेपछि आएको बुर्जुवा सरकार एकदमै कमजोर, असंगठीत र अनुभव हिन थियो र त्यसको कामगर्ने तौरतरिका जारको भन्दा फरक थिएन ।
२. क्रान्तिको नेतृत्व दुइवटा क्रान्तिबाट गुज्रि सकेको र लडाईहरुबाट खारिएको क्रान्तिकारी मजदुरवर्गले गरेको थियो ।
३. मजदुरवर्गले गरिब किसानहरुसँग प्रभावकारी एकता कायम गरेका थिए र बोल्शेभिक पार्टीले जमिनदारहरु विरुद्ध लडेर उनिहरुको समस्या समाधान गर्न सक्दछ भनि प्रमाणित गरेको थियो ।
४. मजदुरवर्गको नेतृत्व राजनीतिक लडाइहरुमा प्रयत्नशील र परीक्षित भएको बोल्शेभिक पार्टीले गरेको थियो ।
५. साम्राज्यवादीहरु आफै युद्धमा फसेका र विभाजित भएका थिए, त्यसरी उनीहरु रुसमाथि हस्तक्षेप गर्न असमर्थ थिए ।
१० अक्टोबरको पार्टीको केन्द्रिय समितिको बैठकमा लेनिनले सशस्त्र संघर्ष सुरु गर्ने प्रस्ताव राखे । के.स. का दुईजना सदस्यहरु कामेनेव र जिनोवियवले परिस्थिति तयार नभएको भनेर त्यो प्रस्तावको विरोध गरे । त्यति मात्र होइन, पार्टीले सशस्त्र संघर्षको दुस्साहसपूर्ण कदम उठाउँदैछ भनेर त्यो निर्णयालाई बाहिर लगे र त्यो थाहा पाएर विद्रोहलाई दबाउन तयारी गर्न थाल्यो र त्यसका लागि मोर्चाबाट सेना फिर्ता बोलाएर पठायो, ट्राटस्कीले पेत्रोग्राद सोभियतको कोराउन बैठकमा धाक लगाउँदै विद्रोहको दिन पनि बताइदिए । त्यसपछि पार्टीले तोकिएको दिनभन्दा पहिले नै विद्रोह गर्ने निर्णय ग¥यो र २५ अक्टोबर (नयाँ ७ नोभेम्बर) मा समाजवादी क्रान्ति भयो । क्रान्तिलाई दबाउन सल्लाह गर्नका लागि बैठक गर्न थालेको बेलामा घेरा हालेर पुरै मन्त्री मण्डललाई गिरफ्तार गरियो र सत्ता कब्जा गरियो । त्यसरी सशस्त्र विद्रोहको शुरु गरेर बोल्शेभिक पार्टीले अक्टोबर २५ मा अस्थायी बुर्जुवा सरकारलाई सत्ताच्यूत गरेर राज्यसत्ता सोभियतहरुको हातमा आएको घोषण रुसी जनता सामु गरेका थिए । बोल्शेभिक पार्टीको इतिहासबाट के कुरा स्पष्ट हुन्छ भने यदि पार्टी सशक्त छ र जनसमर्थन प्राप्त छ, त्यसै गरेर समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल छ भने राज्य सत्ता कब्जा गरेर अगाडि बढनकालागि तत्कालिन परिस्थितिको ठोस विश्लेषण गरेर सशस्त्र संघर्षको स्वरुप तय र किटान गर्न सकिन्छ । तर सत्ता कब्जा गर्ने नीति भएतापनि बोल्शेभिक पार्टीले उपर्युक्त परिस्थिति तयार हुनुभन्दा अगावै शसस्त्र विद्रोहद्वार सत्ताकब्जा गर्ने घोषणा गरेको थिएन ।
अक्टुबर क्रान्तिले पारेको प्रभाव
२५ अक्टुबर सन् १९१७ मा सम्पन्न महान् रुसी अक्टुबर क्रान्तिले विश्वभरमै ठूलो प्रभाव मात्रै पारेनकि विश्वमै ठूलो हलचल पैदा गरिदियो । त्यस क्रान्तिले पहिलो पटक सशस्त्र जनविद्रोह (आमजनविद्रोह) मार्फत पुँजी वादी राज्यव्यवस्थालाई ध्वंश गरि त्यस ठाउँमा सर्वहारावर्गको राज्यसत्ता स्थापना हुन पुगेर पहिलो पटक नै सर्वहारावर्गको अधिनायकत्व कायम हुन पुगेकाले विश्वभरका श्रमीक सर्वहारावर्ग ज्यादै उत्साहित हुन पुग्यो ।
महान् रुसी अक्टुबर समाजवादी क्रान्ति उत्पीडित राष्ट्र र जनताका निम्ति आफ्नो मुक्तिको महान अभियानमा एउटा महत्वपूर्ण प्रेरणाको श्रोत बन्न पुग्यो ।
त्यसपछि एशीया, अफ्रिका, युरोप, ल्याटिन अमेरिका लगायत विश्वका कैयन देशहरुमा एक पछि अर्को गर्दै कम्युनिष्ट पार्टीहरु निर्माण हुन पुगे जस्तै जर्मन कम्युनिष्ट पार्टी (१९१८), भारतमा– हिन्दुस्तान कम्युनिष्ट ग्रुप (१७ अक्टोबर १९२० रुसमा), भारतीय कम्युनिष्ट पार्टी (सन् १९२८), भियतनामी कम्युनिष्ट पार्टी
(१९२०), मङ्गोलियन कम्युनिष्ट पार्टी (१९२०), चिनियाँ कम्युनिष्ट पार्टि (१९२१), जापनीज कम्युनिष्ट पार्टी (१९२२), फिलिपिन्स कम्युनिष्ट पार्टी (१९२४), इन्डोनेसियन कम्युनिष्ट पार्टी (१९२१), युगोस्लाभ कम्युनिष्ट (१९१९), बुल्गेरियन कम्युनिष्ट पार्टी (१९१९), हङ्गेरियन कम्युनिष्ट पार्टी (१९९८) भए । त्यसैगरी, इटालियन कम्युनिष्ट पार्टी (१९२१), बर्मिज कम्युनिष्ट पार्टी (१९४३), पेरुभियन कम्युनिष्ट पार्टी (१९२८), साउथ सिज कम्युनिष्ट पार्टी (१९२८)– यसलाई १९३० मा मलाया कम्युनिष्ट पार्टी भनियो । कोरियन वर्कस पार्टी (१९२५), इराकी कम्युनिष्ट पार्टी (१९३४), नेपालमा नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख ९ गते (२२ अप्रिल १९४९ भारतमा) ।
पूर्वी युरोपका २० औं देशहरुमा सोभियत मोडेलको समाजवादको स्थापना गरियो । चीन, उत्तर कोरिया, भियतनाम, कम्बोडिया लगायतका देशहरुमा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न भए ।
अक्टुबर क्रान्तिबाट लिनु पर्ने शिक्षा
यद्यपी लेनिनको नेतृत्वमा बोल्सेविक पार्टीले सोभियत रुसमा महान अक्टुबर क्रान्तिद्वारा निर्माण गरिएको समाजवादमाथि प्रतिक्रान्तिकारीहरुद्वारा प्रति क्रान्ति भएर त्यहाँ पुनः पुजीवादीको राज्यव्यवस्था स्थापना हुन पुग्यो । त्यसपछि घटनाले विश्वसमाजवादी शिविरमा ठूलो क्षति पु¥यायो र पूर्वी युरोप, चीन, भियतनाम, उत्तर कोरिया, कम्बोडिया लगायतका देशमा पनि प्रति क्रान्ति भएर तर पनि आज १०० वर्ष पछि पनि महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको महत्व र सान्दर्भिकता उत्ति नै प्रेरणाको श्रोतका रुपमा रहेको छ ।
महान लेनिनले नै परिभाषित गर्नु भएको आजको युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण संघर्ष युग हो । सर्वहारावर्गले विश्वक्रान्ति सम्पन्न गर्ने काम त बाँकी नै छ । त्यस अघि एशीया, अफ्रिका, युरोप, ल्याटिन अमेरिका लगायत विश्वभरका उत्पीडित राष्ट्र र जनताले आ–आफ्नो देशको विशेषतामा आधारित रहेर मालेमावादको पथप्रदर्शन र मार्ग निर्देशनमा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले मुक्ति आन्दोलन तथा क्रान्ति सम्पन्न गर्ने काम पुरै बाँकी छ । यसका लागि अक्टुबर क्रान्तिबाट शिक्षा लिन जरुरी छ ।
नेपाल त झन आजसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामै छ । यहाँ गरिने नया जनवादी क्रान्ति आम जनविद्रोह र सशस्त्र जनविद्रोह मार्फत पनि गर्न सकिने अवस्था रहेकाले मतान रुसी अक्टुबर क्रान्तिको शिक्षा लिन जरुरी छ नै ।
हुन त नेपालमा रसियन मोडेल र चिनीयाँ मोडेल बाहेक अर्को नेपाली विशेषतामा आधारित मोडेल अवलम्बन गरेर महान नेपाली जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ, तैपनि महान रुसी अक्टुबर समाजवादी क्रान्तिको महान शिक्षा ग्रहण गर्ने सवालमा पूर्णरुपमा उदासीन बन्न मिल्दैन । त्यसबाट शिक्षा लिन जरुरी छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>