याेगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा

२०७६ श्रावण १ गते, बुधबार

काठमाडौं, १ साउन । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको जनाएको छ । शुरुमा चार योजना औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना रहेका छन् । सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ । योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेपछि मात्रै सामाजिक सुरक्षा योजनाका सुविधाहरु प्राप्त हुनेछ ।

श्रमिक तथा कर्मचारीको सामाजिक सुरक्षाको सवालमा सरकार गम्भीर रहेको भन्दै गत मंसिर ११ गते ‘नयाँ युगको सुरुआत्’ नारा दिएर कोषको अवधारणा सार्वजनिक गरिएको थियो । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा दिई आह्वान गरे पनि राेजगारदाताहरुकाे उल्लेखनीय सहभागिता भने देखिएकाे छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु