यस्तो पो उपहार !

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । जापानी तोशीयुकीले आफ्नी श्रीमती यासुकोलाई त्यस्तो उपहार दिए जुन संसारका कुनै पनि श्रीमानले आफ्नो श्रीमतीलाई दिएका छैनन् होला । तोशीयुकीकी श्रीमती यासुको हेर्न सक्दिनन् । वर्षौदेखि उनी आफ्नो श्रीमानको आँखाबाट संसार हेरिरहेकी छन् । यासुकोलाई मधुमेहको समस्या थियो, जुन यसरी बढ्यो कि उनको आँखाको ज्योति नै गुम्यो । तर, कतिपयले यस्तो अवस्थामा आफ्नी श्रीमतीलाई बोझ ठान्न सक्थे । तर, तोशीयुकीले आफ्नो जिम्मेवारी सम्हाले र आफ्नी श्रीमतीलाई बच्चा जसरी हेरचाह गरे । तोशीयुकी डेरीको काम गर्दथे । उनी आफ्नो तर्फबाट त पुरै कोशिस गर्दथे कि आफ्नी श्रीमतीलाई केही पनि असामान्य नलागोस् । तर उनी श्रीमती विस्तारै विस्तारै आफ्नो संसारबाट अलग हुन थालिन् । केही दिनपछि उनको यो एक्लोपन उनका लागि रोग बन्न थाल्यो र उनी डिप्रेशनको शिकार बनिन् ।
त्यही बेला तोशीयुकीको दिमागमा एउटा विचार आयो । उनले एउटा यस्तो बगैचा तयार गर्ने निर्णय गरे, जुन बगैंचा हेर्न टाढाटाढाबाट मानिसहरु आउन् । यस्तो गर्नुको पछाडिको सोच विशेष थियो । तोशीयुकी चाहन्थे कि यो बगैंचा यति धेरै सुन्दर होस कि मानिसहरु यो हेर्न टाढाटाढाबाट आउन् र आफ्नी श्रीमतीलाई भेटुन् । जसबाट उनको एक्लोपन हटोस् ।
भ्यालेन्टाइ डेमा मानिसहरु एकअर्कालाई फूलको गुच्छा दिने गर्दछन् । तर तोशीयुकीको प्रेम तपाई के भन्नु हुन्छ, किनभने उनले त आफ्नी श्रीमतीका लागि पूरा बगैचा नै तयार गरिदिए ।
जापान निवासी तोशीयुकी र यासुकोको विवाह भएको ६० वर्ष बितिसकेको छ। विवाहको केही दिनमै उनीहरुको जीवनमा एउटा आँधी आयो र यासुकाको आँखाको ज्योति गुम्यो ।
त्यसपछि यासुको न त कसैलाई भेट्थिइन् न त आफ्नो कोठाबाट बाहिर नै निस्किन्थिइन् । त्यसैले तोशीयुकीको दिमागमा बगैचा बनाउने आइडियो आयो । आफ्नो यो योजना सफल बनाउनका लागि उनले आफ्नो डेरीको काम छोडे र बगैचा तयार गर्न जुटे । उनले आफ्नो घरको चारैतिर शिबाजाकुराका हजारौ गुलाबी फूल लगाएका छन् । यो बगैचा तयार गर्न उनलाई दश वर्ष लाग्यो । अहिले हरेक वर्ष सात हजारभन्दा बढी मानिस यो बगैंचा हेर्न आउने गर्दछन् । उनको घरबाहिर फूलेका फूल कुनै गुलाबी कालिन लाग्दछ । यहाँ मानिसहरु बगैंचा हेर्न त आउँछन् नै यो जोडीको प्रेम कहानीबाट पनि निकै आकर्षित र प्रभावित हुने गर्दछन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु