यसो गर्दा पड्किन्छ मोबाइल

२०७५ असार १६ गते, शनिबार

काठमाडौँ । हामीले मोबाइल फोन पड्किएर दुर्घटना भएका खबर सुनिरहेका हुन्छौँ । कतिको त ज्यान समेत गएको खबर आएको पाइन्छ । किन पड्किन्छ मोबाइल ? यसका सम्भावित कारणहरू निम्न छन् ।
मोबाइल रातभर चार्जमा राखेर छोड्दा ः धेरै मानिसको बानी हुन्छ रातभर मोबाइल फोन चार्जमा राखेर सुत्ने र बिहान चार्जबाट थुतेर चलाउने । यसो गर्नुपनि हानिकारक हुन्छ । मोबाइल रातभर चार्जमा राख्दा ओभर चार्जिङ हुने र यसले ब्याट्री फुल्ने वा पड्किने खतरा पनि हुनसक्दछ ।
चार्ज गरिरहेको बेला फोन प्रयोग गर्दा ः मोबाइल फोन पड्किनुको एउटा मुख्य कारण हो, अत्यधिक तात्नु । मोबाइल फोन प्रयोग गर्दा र चार्जिङ गर्दा यसको तापक्रम बढेको हुन्छ । त्यसैले चार्ज गरिरहेको बेला मोबाइल फोनलार्ई केबल चार्ज हुन दिनुहोस् । चार्जमा लगाएर गेम खेल्ने, नेट चलाउने वा फोनमा कुरा गर्ने गर्नु खतरनाक हुनसक्छ । यदि कुनै काम छैन भने त मोबाइल फोनको स्विच अफ गरेरै चार्ज गर्नु राम्रो हुन्छ ।
चर्को घाममा राख्दा ः सूर्यको सिधा किरण पर्ने र तात्ने ठाउँमा फोन नराख्नुस् । यसले फोन बढि तात्नगई बिग्रिने वा पड्किने समस्या हुनसक्दछ ।
एपहरुमा सावधानी राख्नुहोस् ः कतिपय एपहरू प्रयोग गर्दा फोनमा बढि उर्जा खपत हुनजाने कारणले फोन बढि तात्दछ । प्रायः जिपिएस नेभिगेसनवाला एप्स प्रयोग गर्दा यस्तो समस्या आउँछ ।
ओरिजिनल चार्जरको प्रयोग नगर्दा ः कहिलेकाहीँ फोन खरीद गर्दा लिएको सक्कली चार्जर बिग्रिसकेपछि पैसा जोगाउनका लागि अर्को सक्कली चार्जर किन्नुको साटो सस्तो चार्जरले पनि काम चलाईन्छ । तर, यसो नगर्नुस् । जुन कम्पनीको फोन हो, सोही कम्पनी र मोडेलको चार्जर खरीद गर्नुहोस् । सस्तो खालका तथा जुनसुकै खाले चार्जरबाट चार्ज गर्दा मोबाइल फोन सन्तुलित रुपमा चार्ज नहुने र पड्किने जोखिम पनि हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु