मोहनबिक्रम सिंह प्रचण्ड निवासमा

२०७४ पुष २७ गते, बिहीबार

काठमाडौं , २७ पुस । ने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम सिंह एकाबिहानै ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन । सिंह आज बिहान ७.३० बजे प्रचण्ड निवास खुमलटार पुगेको बताइएको छ । भेटमा दुई नेताबीच बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।
भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएको बताइएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताएको बुझिएको छ ।
भेटमा दुवै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएको बताइएको छ ।

प्रतिक्रियाहरु