मैले नलेखे कसले लेख्ने- मोनिका गुरुङ

२०७६ असार ६ गते, शुक्रबार

यस्तो बेला नलेखे कहिले लेख्ने ?
मैले नलेखे कस्ले लेख्ने ?
नरपिचासको नाङ्गो नाच,
मेरो आकाशमाथी छटाएको कालोबादल
रगतको बर्षात
मैले नदेखे कस्ले देख्ने ?
कसैको लासमाथी राजनीति गर्नु नौलो कुरै भएन अचेल
मेरो रगत बेचेर तिमी रुइमा छौ
म भुइँमा
मशानघाटमा टेण्डर हाल्ने
नाङ्गा अघोरीको फोहरी चितामा
मैले हात नसेके कस्ले सेक्ने ?
तिमीहरुको गिदिको क्यान्सर सरेर जिब्रोमा आइसको
रन्डी जिन्दबाद
भनेको सुन्नै सक्दिन म ।
तर लेख्न सक्छु
मैले नलेखे कस्ले लेख्ने ?
देश चरम बिपतको अबस्थामा पुग्दा
पित पत्रकारिता गर्नेले शान्ति खोज्दैन
मात्रै दाम खोज्छ नाम खोज्छ अमन चयन भत्काउने समाचार खोज्छ
दुधलाइ दूध पानीलाइ पानी भन्न
न्यायको धारमा बलेको रापमा
मैले नटेके कस्ले टेक्ने ?
दुबै हात भाँचेर टाउकोमा गोलि ठोक्छ अनि दोहोरो भिडन्त
भन्दिने है !
यी बिछिप्त लास मेरो आफ्नै हो
आफ्नो लागि लेखेको लेख्यै गर्नुछ
आखिर मेरो लागि
मैले नलेखे कस्ले लेख्ने ?

प्रतिक्रियाहरु