मेयर ममताप्रसादमाथि गोली प्रहार, अवस्था नाजुक

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं, २९ फागुन । कैलाली घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार साँझ ८ः१० बजेतिर अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । प्रत्यक्षदर्शी छिमेकी रामबहादुर महराका अनुसार दुई मोटरसाइकलमा अाएका चार जनाले गोली र खुकुरी सँगै प्रहार गरेका थिए । चौधरीको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनको उपचार कैलालीमा सम्भव नभएपछि कोहलपुर मेडिलक कलेज रिफर गरिएको छ । सुखड प्रहरीका अनुसार मेयर चौधरीको कम्मर मुनी गोली र टाउँकोमा खुकुरी प्रहार गरेका थिए । उनी अचेत अवस्थामा छन् । चौधरीमाथि प्रहार गरेपछि दुई जना मोटरसाईकलमा र दुई जना नगर प्रमुख घरबाट पश्चिमतर्फ रहेको जंगल तिर फरार भएका थिए भने उनीहरुले प्रयोग गरेको से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरेको छ । मेयर चौधरीमाथि अाक्रमण भएको छिमेकी महराले देखेका थिए । उनी चौधरीको घरमा पुगेपछि अाक्रमणकारी फरार भएका थिए । छिमेकी महराले नै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा पुर्याएका थिए ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । बोक्सीको अारोपमा स्थानीय रोमा चौधरीलाई यातना दिनेहरुको पक्षमा लागेपछि मेयर चौधरीविरुद्ध जनअाक्रोस बढेको थियो । धनगढीबाट सुखड पुगेका केही संचारकर्मीसँग कुरा गर्दै मेयर चौधरीले अाफू अझै घटनास्थल नपुगेको बताएका थिए । संचारकर्मीको जवाफमा चौधरीले अाफूले घटनाको भिडियो पनि अाजै मात्र हेरेको भनेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार