मेक्सिकोमाथि दण्डात्मक कर !

काठमाडौं , २५ जेठ । अमेरिकाले मेक्सिकोबाट आयात हुने सामानमा दण्डात्मक कर लगाउने निर्णय निकै अघि बढेको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबारदेखि लागू हुने गरी दण्डात्मक कर लगाउने निर्णय निकै अघि बढेको जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्सले आप्रवासीलाई सिमा क्षेत्रमा कडाइ गर्ने विषयमा मेक्सिकोसँग भएको कुराकानीमा ‘प्रगति’ भए पनि मेक्सिकोलाई थप कर लगाउने यसअघिको निर्णय लागू हुने लगभग निश्चित रहेको बताइन । उनले करबारे यसअघि आएको अमेरिकी धारणामा कुनै परिवर्तन नभएको स्पष्ट पारिन । युरोप भ्रमण जाने क्रममा प्रवक्ता स्यान्डर्सले कर लगाउने विषयमा थप छलफल गर्न आफूहरु तयार रहेको तर अहिलेका लागि भने सोमबारदेखि कर वृद्धि हुने बताइन ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने निर्णय गरेका थिए । तर अमेरिकी राष्ट्रपतिको निर्णयको मेक्सिकोले विरोध गर्दै आएको छ । मेक्सिकोले सीमानामा आप्रवासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनुपर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकोको दाबी छ ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>