मूलघाट- चतरा र्‍याफ्टिङ सुरु

काठमाडौं, १९ कात्तिक । तमोर नदीमा पुन र्‍याफ्टिङ सुरु भएको छ । बोटको सहारामा पानीमाथि तैरँदै गरिने साहसिक खेल र्‍याफ्टिङ धनकुटाको मूलघाटबाट सुनसरीको चतरासम्म सुरु गरिएको हो । चार वर्ष अघिबाट तमोर नदीमा यो खेल सुरु गरिए पनि बर्षातको समयमा बन्द हुने गरको छ ।
धनकुटाको मूलघाटदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटरको यो यात्रा निकै रोमाञ्चक हुने र्‍याफ्टिङमा सहभागीहरु बताउँछन् । पानीसँग खेल्न पाइने, नदीका विभिन्न रुप देख्न पाईने, जोखिम कम र रमाईलो बढी हुने भएकाले र्‍याफ्टिङ गर्न तमोर नदीलाई रोज्ने गरेको र्‍याफ्टिङ कम्पनी सञ्चालक सेतु सिलवाल बताउँछन् । तमोर नदीलाई र्‍याफ्टिङका लागि नेपालकै तेस्रो उत्कृष्ट गन्तव्य मानिन्छ । माईनस ४ डिग्रीसम्मको ‘र्‍यापिट’ भएकाले यो नदीलाई मर्स्याङ्दी र भोटेकोसीपछिको उत्कृष्ट मानिन्छ । यो नदीमा हाल तीनवटा कम्पनीले र्‍याफ्टिङ गराउँदै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>