मुस्ताङमा पर्यटकको संख्या बढ्यो

काठमाडौं, २५ माघ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको भ्रमण गर्ने बाह्य पर्यटकको संख्या वृद्धि भएको छ । सन् २०१७ मा १३ हजार ४ सय ५८ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण क्षेत्र कार्यालय जोमसोमले जनाएको छ । यो संख्या सन् २०१६ को तुलनामा ३४ प्रतिशतले बढी भएको कार्यालयले जनाएको छ ।
सन् २०१६ मा भारतीय र तेस्रो मुलुकका गरी कूल ३९ हजार १७ जनाले मुस्ताङ भ्रमण गरेका थिए भने सन् २०१७ मा ५२ हजार ४ सय ७५ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । ती मध्ये २४ हजार ९ सय ७० जना भारतीय र २७ हजार ५ सय ५ जना तेस्रो मुलुकका पर्यटक भएको बताइएको छ । ४ हजार १ सय १७ जना विदेशी पर्यटक त माथिल्लो मुस्ताङसम्मै पुगेको कार्यालयले जनाएको छ । मुस्ताङ पुग्नेमध्ये ९० प्रतिशत पर्यटक मुक्तिनाथ मन्दिरसम्म पुग्ने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>