मुलुकले खोजेको छ विप्लवको नेतृत्व – विष्णु पन्त

२०७६ जेष्ठ ५ गते, आईतवार

१. ओलीको सत्ताउन्माद !
आज प्रधानमन्त्री के.पि ओली अघोषित महाराजा र राष्ट्रपति विद्यादेवी भण्डारी अघोषित वडामहारानी बनेका छन् । प्रधानमन्त्री र राष्ट्रपति संविधानभन्दा माथि छन् भन्ने प्रभाव छाड्न खोजिँदै छ । प्रधानमन्त्री के.पि. ओलीको मनोवैज्ञानिक स्थितिका बारेमा संचार माध्यममै गंभीर आरोपहरु लाग्न थालेका छन् । उनीहरुको बोलीको ठेगान छैन । संसदमै अर्मयादित शब्द बोलेको भन्दै उनका केही टुक्काहरु संसदको रेकर्डबाट हटाइएको घोषणा गरिएको छ । अमर्यादित शब्दहरु बोलेर संसदकै अपमान भएको भन्ने आरोपलाई पुष्टि गरीएको छ । जनताले त उनलाई पागल नै भन्न लागेका छन् । अर्का त्यस्तै दलाल र हुनुमान निस्किएका छन्– संचारमन्त्री गोकुल बास्कोटा । हुन पनि सरकारले सबैलाई रुष्ट, आक्रोशित र आन्दोलित बनाएको छ । कथित मिडिया काउन्सिल विधेयकको माध्यमबाट सरकारका दलाल मिडियाहरुलाई मात्र चलाउने रणनीतिमा उत्रिएको छ । सरकारले केवल सत्ता नियन्त्रित मिडिया चलाउन खोजेको छ । सरकारले नेपाली सेनालाई पनि आतेजाते प्रधानमन्त्रीको खेलौना बनाउन खोजेको छ । र सेनालाई बदनामित बनाउन खोजेको छ । हुन पनि आजसम्म बचेको संगठन नेपाली सेना मात्र छ, अरु त सबै अंगहरु ध्वस्त बनाइसके । सेना पनि ध्वस्त, बदनामीत र दलीय बन्यो भने नेपालकै अस्तित्व अझै संकटमा पर्छ । यो नियोजित रुपमा नै गरिँदै छ । नागरिकता विधेयकले सरकार कता जाँदै छ भन्ने कुराको ऐना स्पस्ट गरेको छ । मानवअधिकार आयोगलाई पंगु बनाइदै, किनकि सरकार जनताका सबै अधिकार खोस्ने दाउमा छ । अदालतमा पार्टीका कार्यकर्ताहरुलाई र दलालहरुलाई घुसाएर स्वतन्त्र न्यायपालिका र कानुनी राज्यको सिद्धान्तमाथि बज्रपात भइसकेको छ । सरकार निर्देशित न्यायपालिकाको सिद्धान्ततिर मुलुक लगिँदै छ । आज हिजो संकटकाल लगाउने निरंकुश राजतन्त्रलाई पनि माथ गरिदै छ । आज प्रधानमन्त्री र राष्ट्रपतिका सवारी वा भ्रमण वा विदेश यात्रा हुँदा जल, थल, आकाश सवै कब्जा गरिँदै छ । एयरपोर्ट पूरै बन्द गरिन्छ, आकाशमा पूरै बन्द गरिन्छ । प्लेनहरु घन्टौँसम्म ल्यान्ड हुन नपाउने, आफ्नोे सेडुलमा घन्टौँसम्म उड्न नपाउने कफ्र्यू, जारी हुन्छ । धेरै लोकतन्त्रवादी र मानवअधिकारवादीहरुले भन्न विवश भएका छन् कि ‘अव फेरि लोकतन्त्र र मानवअधिकारका लागि लड्नु पर्ने बेला भएको छ ।’
आज सवै विकृतिहरुका विरुद्ध संघर्ष गर्दा त्यसको निशानमा प्रधानमन्त्री पर्दैछन् । हामीले हेर्यौं दर्जनौ अरबौँका भ्रष्टाचाहरुको बाढी आएको छ, तर त्यसको जिम्मा प्रधानमन्त्रीले लिन्छन् । वाइडबडी प्रकरण, फोर जी प्रकरण, ३८ क्विन्टल सुन काण्ड, एनसेल, बालुवाटार जग्गा प्रकरण आदि सबै क्षेत्रमा भ्रष्टाचार छ, पार्टीमा भ्रष्टाचार, सरकारमा भ्रष्टाचार, हुँदा–हुँदा पूरै समाजमा भ्रष्टाचार । जनतामा जथाभावी कर र आकाशिँदो महंगी थोपरेर सरकारका प्रधानमन्त्री र मन्त्रीहरु हनिमुन मनाइरहेका छन् । अनौठो कुरा के भएको छ भने जनतामा आएको आक्रोश र घृणाका कारण कथित दुई तिहाईको सत्ता कुनै न कुनै शक्तिद्वारा अपदस्त हुने सम्भावनातिर धकेलिँदै छ ।
२. प्रचण्ड र बाबुरामको महापतन
ओलीको सत्ताउन्माद र फासीवादका पछाडिको मुख्य कारण प्रचण्ड र बावुरामको वैचारिक पतन हो । पतन पनि यति धेरै भए कि हेर्दाहेर्दै बाबुराम क्षेत्रीयतावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको टाङ्गमुनि छिरे भने प्रचण्ड एमालेका के.पि. ओलीको टाङ्गमुनि छिरे । मान्छेहरुले भन्छन् १० औँ हजार सहिदहरुको रगतले यिनीहरुलाई पोल्ला कि नपोल्ला ? हजारौँ वेपत्ता अनि घाइतेहरुको श्राप लाग्ला कि नलाग्ला ? सायद पाप र धर्म भन्ने चीज हुन्थ्यो भने यिनीहरुको हालत कस्तो हुँदो हो ? जब प्रचण्ड घिसारिए तब ओलीमा बादशाह बन्ने आकांक्षा पलायो । सायद ओलीले सपनामा पनि सोचेका थिएनन् होला कि प्रचण्ड यसरी घिस्रिएर आपूmलाई दण्डवत गर्दै आउने छन् भनेर ! तर, गतिशील प्रचण्डको नाममा उनी घिस्रिए, उता बावुरामको के कुरा गर्नु ? संघीय समाजवादतिर लागे ! पहिला पहिला प्रचण्डसँग विवाद हुँदा उनले भन्थे– ‘‘बरु म लेखेर बस्छु ।’’ शायद लेखेर मात्र बसेको भए उनी महान् हुन्थे । संसारले चिनेका जनयुद्धको नामबाट संसारले स्यालुट गरेका प्रचण्ड र बाबुरामको यो आत्मसमर्पणबाट ओलीको दिमागमा सक भयो र त्यो उन्मादको सक १ यसबाट ओलीको खुट्टा भुईमा रहेन । यो उन्मादले केपि ओलीलाई फासीवादी बनायो । उनको बोली नै कानुन बन्ने भयो । एउटा उखान टुक्का हाल्यो कि अदालतदेखि सबै तर्सिने स्थिति बन्यो । महाअभियोग, दुई तिहाई आदि आदि ! हुन पनि असनको साँढे जस्तै भन्दा बरु साँढेकै अपमान हुन्छ, जसलाई भेट्यो उसलाई हान्ने ! के पत्रकार, के डाक्टर, शिक्षक, उद्योगी, व्यवसायी, इन्जिनियर सबै उनको चुटाईमा परेका छन् । के अदालत, के सेना, के मानवअधिकार आयोग सबैतिर छेदविच्छेद पारिएको छ । शायद प्रचण्डले विचरा ओलीका सारा कालाकर्तुतहरुको बचाउ गर्दै उनकै सती जान विवश छन् ।
३. असफल संसदीय व्यवस्था र संसदीय निर्वाचन प्रणाली
संसदीय निर्वाचन प्रणालीको के कुरा गर्ने ? निर्वाचनको दिन एक छाक मासु र भात खाए वापतको दण्ड आज नेपाली जनताले भोगी रहेका छन् । केपि र पिकेलाई लागेको छ, जनताले जति विरोध गरे पनि आखिरी फेरि पनि एक छाक मासु र भातको त कुरा हो ! त्यस कारण त जनतालाई “सुखी नेपाली समृद्ध नेपाल” को नारा दिंदै अरबौंका भ्रष्टचारमा नेताहरु आफैँ नाङ्गो ढंगले होस्टेमा हैसे गर्दै लागिरहेका छन् । जनतालाई त दिएकै छन् कर, महँगी, कालो बजार, लुटपाट, हत्या आतंक । त्यसकारण संसदीय निर्वाचन प्रणालीले जनतालाई दास बनाउँछ, मालिक होइन । मालिक त नेताहरुलाई मात्र बनाउँछ, जनतालाई त केवल भेडाबाख्रा बनाउँछ । धेरै पटक जनताले संघर्ष गरे, ०४६, ०६२÷०६३ मा निर्णायक आन्दोलन गरे तर झुक्याई–झुक्याई संसदीय व्यवस्था नै लादियो । अतः अब संसदीय व्यवस्थाको निरन्तरतालाई मुलुकले थेग्न सक्दैन । हिजो प्रजातन्त्र भन्ने शब्दलाई शासकहरुले बदनामित गरे भन्दै लोकतन्त्र र गणतन्त्र भन्न लागियो । तर, आज लोकतन्त्र र गणतन्त्रलाई पनि फासीवादीहरुले यति विघ्न बदनामित गरे कि अब के भन्ने ?
४. दलमाथिको प्रतिबन्ध, मौलिक हक र मानवअधिकारको हनन्
प्रधानमन्त्री केपि ओलीको शनक यति बढ्यो कि उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरे । त्यति मात्र होइन, उक्त पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकलगायत लाखौं जनताको मौलिक हकमाथि बन्देज लगाए । राजनीतिमा यो जघन्य अपराध थियो र आपराधिक मनोवृत्तिका साथ आएको थियो । विप्लवसहित थुप्रै नेता कार्यकर्ताहरुको हत्या गर्नेसम्मका नियोजित षड्यन्त्रका साथ यसो गरिएको थियो । सरकारले धेरै प्रोपोगण्डाहरु पनि मच्चायो, धेरै गलत र झुटा समाचारहरु पनि सम्प्रेषण ग¥यो । वातावरणलाई भड्काउनका लागि । तर, जवाफमा विप्लव नेतृत्वको पार्टीले संयमित जनप्रतिरोधको नीति लियो । शासकहरुको क्रुरता, कथित लोकतन्त्र र गणतन्त्रको लङ्गौटीलाई सबैका सामु उदाङ्ग पारिदियो । घुँडाभन्दा तल गोली हान्ने आदेश दिने, दोहोरो फायरिङ्ग वा इन्काउन्टको नाममा हत्या गर्नेसम्मका आदेश दिने यिनै मन्त्रीहरु हुन् ।
५. फासीवादको जीवनचक्र
सरकारको फासीवाद जनताका सामु यति नाङ्गिएको छ कि अब उसले जनताको अवरोध र प्रतिरोध मात्र प्राप्त गर्ने छ । आज सत्तारुढ पार्टी भित्रकै नेताहरु माधव नेपाल, भीम रावल र घनश्याम भुषालहरुले पनि विद्रोह गर्नुैपर्ने बेला बनेको छ । पूर्वजर्नेलहरु, पूर्वएआईजी, डिआईजी र पूर्वसचिवहरुले विद्रोह गरिरहेका छन् । पूर्वजर्नेल प्रेमसिंह बस्नेत, नायिका रेखा थापा, हाँस्यकलाकार दिपकराज गिरी, लोकगायक पशुपति शर्माजस्ता व्यक्तिहरु सरकारको विरुद्ध जेहाद छेड्नु परेको छ । के पत्रकार, डाक्टर, लेखक, साहित्यकार, कवि, अधिवक्ता, मानवअधिकारवादी, सच्चा लोकतन्त्रवादी सबै प्रतिरोधमा उत्रिन विवश भएका छन् । यसबाट प्रष्ट हुन्छ फासीवादको जीवनचक्र छोटो भएको छ र अल्पायुमै यसको अन्त्य गरिने छ ।
६. फासीवादलाई परास्त गर्ने शक्ति
आज फासीवादालाई परास्त गर्ने शक्तिको खोजी हुँदैछ । आजको निरंकुश, अधिनायकवादी र फासीवादी सत्तासँग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आमने–सामने र सिधा–सिधा लडाई लडेको छ । केही शक्तिले विकल्पमा ज्ञानेन्द्र वा राजतन्त्र र हिन्दुलाई जोडेर पनि चर्चामा ल्याएका छन् । तर, अबको सन्दर्भमा त्यो शक्ति मात्र सफल हुने छ, जो राष्ट्रियताको सबालमा स्पष्ट हुनेछ । जो जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा स्पष्ट हुनेछ । जो क्रान्तिलाई सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने सवालमा दृढ हुनेछ र जो सबै प्रगतिशील, देशभक्त, सच्चा लोकतन्त्रवादी तथा मानवअधिकारवादीहरुलाई साथमा लिएर सबै अट्ने साझा राजनीतिक व्यवस्था स्थापना गर्ने खाका प्रस्तुत गर्न सफल हुनेछ । अतः फासीवादलाई परास्त गरेर मात्र पुग्दैन, हिजो जस्तै मुलुकलाई गोचक्करमा फसाएर मात्र पुग्दैन । भावी नेपालको एउटा परिपक्व कार्यक्रम, विचार र दृष्टिकोण चाहिन्छ । अतः एकीकृत जनक्रान्तिको कार्यक्रमले सबैलाई समेट्ने छ ।
७. विप्लव ः आजको दिनमा सबैले आशा गरेको नेतृत्व
आजको दिनमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति आमजनताको आशा बढ्दै छ । वर्तमान विकृतिहरुसँग लड्न सक्ने नैतिक सामथ्र्य विप्लवसँग मात्र छ । अरु सबै टेष्टेड भइसकेका छन् । विप्लवको त्याग र बलिदानको इतिहासले उनलाई लोकप्रिय बनाएको छ । निभ्नै लागेको राष्ट्रियता र क्रान्तिको झण्डालाई पुनः फहराउने जोखिम मोलेर उनले एउटा ठूलो धक्का दिइसकेका छन् । आत्मसमर्पणवादी र गद्दारहरुलाई । केपि ओलीको कथित दुई तिहाईको सत्ता विप्लव नेतृत्वकै शक्तिसँग तिलमिलाएको छ र त प्रतिबन्ध लगाएको छ । त्यसकारण विप्लवप्रतिको यो जनविश्वासबाट डराएर उनको हत्या गर्ने षड्यन्त्र हुनसक्छ । हामीले इतिहासमा देखेका छौं मदन भण्डारी र जीवराज आश्रित हुँदै राजा विरेन्द्रसम्मका हत्याहरु नियोजित रुपमा भएका छन् । आज विप्लव नेतृत्वको पार्टीमा विप्लव, प्रकाण्ड, कंचन, सुदर्शन र सन्तोष बुढा मगर, अनिल शर्मा ‘विरही’ लगायतको नेतृत्वको टीम छ । विप्लव र प्रकाण्डबीचको घनिष्ठता सबैमा प्रेरणा योग्य छ । यस्तो मिलेको एकताबद्ध नेतृत्वको टिमले पार्टीलाई मजबुत बनाउने छ । विप्लवमा एउटा अनौठो विशेषता के छ भने उनी विचार, सिद्धान्त र राष्ट्रका लागि जस्तोसुकै त्याग गर्न सक्छन् । तुच्छ गालीगलौजमा होइन, संघर्षमा जीवन देख्छन् ।
विप्लवसँग एकीकृत जनक्रान्तिको कार्यक्रम छ । क्रान्तिकारी, प्रगतिशील, देशभक्त तथा सच्चा लोकतन्त्रवादी सबै शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने उनको योजना छ । एक पटक देश र जनतालाई केन्द्रमा राखेर संघर्षमा होमिन सबैलाई उनको आग्रह छ । मान्छे मान्छेबीचका विभेद, असमानता र उत्पीडनको अन्त्यका लागि जुट्न आजको आवश्यकता बनेको छ । मान्छेले मान्छेलाई बेच्ने, हेप्ने, दास बनाउने प्रथालाई जरैदेखि उन्मुलन गर्नु परेको छ ।
८. निष्कर्ष
आजको दिनसम्म आइपुग्दा नेपाली राजनीतिमा धेरै उतारचढाव र आरोह अवरोहहरु आए । ठूला ठूला बलिदान भए, संघर्षहरु भए, जनताहरु विजयी पनि भए तर सधैं नेताहरुले धोका दिए र गद्दारी गरे । शायद यो लामो घात–प्रतिघात, धोका, गद्दारी र पलायन वा विचलनको इतिहासबाट एउटा खारिएको शक्ति बचेको छ र उसैले एउटा नयाँ पहल गरेको छ । देश र जनताको लागि अनि एउटा उच्च मानवीय चेतना अनि संस्कृतिको विकासका लागि भीषण संघष शुरु भएको छ । इतिहासका कमजोरीहरुबाट सिक्दै क्रान्तिको ज्वारभाटा उठ्दै छ । दुश्मनका सबै षड्यन्त्रहरुलाई परास्त गर्दै विप्लव नेतृत्वको शक्ति सबैलाई एकताबद्ध गर्दै अगाडि बढ्दै छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको यात्रा तय हुँदैछ । यति मात्र होइन आज सबै बुद्धिजीविहरु, देशभक्त, सच्चा लोकतन्त्रवादी तथा मानवअधिकारवादी अनि नागरिक समाजले विप्लवलाई निरंकुश तानाशाही र फासीवादी सत्ताका विरुद्ध निर्णायक संर्घषको नेतृत्व गर्न आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु