मुम्बईमा आगलागी, ४ जनाको मृत्यु

काठमाडौं, २० पुस । भारतको आर्थिक राजधानी सहर मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बईमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ बर्षका दुई जना बालबालिका रहेका जनाइएको छ । मुम्बईको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहानीपख आगो लागेको थियो । सो तल्लामा रहेको परिवारका सदस्यको सो आगालागीमा परी ज्यान गएको हो ।
यस आगलागीमा परेर घाइते भएका पाँच व्यक्तिको अस्पतालमा उपचार भइरहेको मुम्बइको प्रकोप व्यवस्थापन विभागका एकजना प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । मुम्बइमा गत डिसेम्बर २९ मा पनि बजार र रेष्टुरेन्टमा भएको लागलागीमा परी १४ व्यक्तिको मृत्यु भएको थियो । मुम्बइमा अवस्थित एक मिठाई पसलमा भवन भत्किएर सुतिरहेका १२ जना कामदारको मृत्यु भएको एक हप्तापछि पुनः यो भीषण आगलागीको घटना भएको छ । -रासस/एएफपी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>