मुग्लिन सडक अवरूद्ध

२०७५ जेष्ठ २२ गते, मंगलवार

काठमाडौं, २२ जेठ । निर्माणाधीन मुग्लिनदेखि नारायणगढ सडकखण्डमा पहिराे खस्दा अाज बिहानैदेखि बन्द भएकाे छ । ‘चारकिलो’ भन्ने ठाउँमा पहिरो खसेपछि सडक दुर्इतर्फी रूपमै बन्द भएकाे हाे । सडककाे पहिराे पन्छाउने क्रममा थप पहिराे खसेपछि सडक पूर्ण रूपमा रूपमा अवरूद्ध भएकाे हाे । रातिदेखि परिरहेकाे पानीका कारणा चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेकाे जिल्ला प्रहरी ट्राफिक कार्यालय, चितवनले जनाएकाे छ । पानीका कारण पहिराे पन्छाउन समेत समस्या भएकाे छ । दुई दिनअघि पनि यही स्थानमा पहिरो खस्दा तीन घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । नरायणगढ-मुग्लिन सडकखण्ड चौँडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु