मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“को विमोचन

२०७६ बैशाख २९ गते, आईतवार

काठमाडौं, २९ बैशाख । कवि ,मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । कार्यक्रममा स्वागत मन्त्व्य साहित्यकार विना थिङ तामाङले राखेकी थिइन । बरिष्ठ संगीतकार शक्तिबल्लव , गीतकार किरण खरेल , गीतकार राजेन्द्र थापा , गजलकार विपिन किरण , संगीतकार राजेश थापा लगायतद्धारा मुक्त्तक संग्रह र गीति एल्बमको संयुक्तरुपमा विमोचन गरिएको थियो ।
कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए । अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुयाएको योग्दानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए ।
बरिष्ठ संगीतकार शक्तिबल्लवले गीति संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई शुभकामना दिए ।
त्यस्तै अर्का गीतकार किरण खरेलले परदेशमा रहेरपनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुयाउनको लागी पुयाएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताए । “अनुराग“गीतिसंग्रहमा गायक सन्तोष लामा , राजेश पायल राई र श्रेयसी चेम्जोङको आवाज रहेको छ ।

प्रतिक्रियाहरु