मानव तस्करले अफ्रिका पुर्‍याएका नेपाली अलपत्र

२०७४ भाद्र २७ गते, मंगलवार

काठमाडौं, २७ भदौ । मानव तस्करले युरोप र अमेसरकामात्र होइन, अफ्रिकामा समेत नेपाली लैजाने गरेको पाइएको छ । दक्षिण अफ्रिकामा मानव तस्करी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङका सागर श्रीसलाई पक्राउ गरेको छ । दक्षिण अफ्रिकामा अलपत्र परेका नेपाली युवा त्यहाँस्थित दूतावास र अपराध महाशाखाको वैदेशिक रोजगार ठगी शाखाको पहलमा स्वदेश फर्किएपछि श्रीस समातिएका हुन् ।
प्रहरीका अनुसार तस्करीमा संलग्न नेपालीले भारत, दक्षिण अफ्रिकामा बसेका काम गर्ने गरेका छन् । इथियोपिया, मोजाम्बिक, स्वाजिल्याण्ड हुँदै दक्षिण अफ्रिका सीमामा पुगेका तीन जना नेपालीलाई दक्षिण अफ्रिकाको सुरक्षा निकायले नियन्त्रणमा लिएर १६ दिन हिरासतमा राखेको थियो । पीडितको बयानका आधारमा दक्षिण अफ्रिकामा अझै धेरै नेपाली अलपत्र रहेको प्रहरीले जनाएको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार