माओवादीबाट सहभागी मन्त्रीहरुले राजनीनामा दिने

२०७४ पुष २८ गते, शुक्रबार

काठमाडौँ, २८ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रबाट ७ मन्त्री र ९ राज्यमन्त्री सहभागी छन् । माओवादीले एमालेसँग चुनावी गठबन्धन घोषणा गरेसँग बिनाविभागीय बनेका मन्त्रीहरुले राजीनामा दिने भएका हुन ।
तत्कालिन कांग्रेस– माओवादी गठबन्धनमा बनेको सरकारमा माओवादी कोटाबाट मन्त्री बनेकाहरुले विना विभागीय भएको लगभग तीन महिनापछि मात्र राजीनामा दिन लागेका हुन । असोज १७ गते तत्कालिन प्रमुख प्रतिपक्षी दल एमालेसँग नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट मन्त्री बनेकाहरुलाई विनाविभागीय बताएको थियो ।
माओवादीले बिहीबार नै राजीनामा बुझाउने तयारी गरेका थिए । तर, सर्वजनिक बिदा परेकाले शुक्रबार मात्र राजीनामा बुझाइने मन्त्री शिवकुमार मण्डलले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु