महिलाले निकाले ऐतिहासिक पदयात्रा

२०७४ फाल्गुन २५ गते, शुक्रबार

काठमाडौँ , २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साउदी अरबका महिलाले ऐतिहासिक पदयात्रा निकालेका छन् । जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । साउदी अरबमा यति ठूलो संख्यामा महिलाको सहभागितामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् । महिलाको स्वास्थ्य, जीवनशैली र वातावरणीय उत्थानका लागि भन्दै जेद्दाह सरकारले पदयात्राको आयोजना गरेको जनाएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु