महामारीले उघारिदिएको राज्यको तस्वीर – प्रकाश शाही

२०७७ जेष्ठ १८ गते, आईतवार

विश्व कोरोना महामारीले आक्रान्त छ, सम्भवतः यो संकट दोस्रो विश्व युद्ध पछिको ठूलो हो । पचास लाख बढी संक्रमित, तीन लाख बढीको मृत्यु, २१ लाख उपचारपछि निको, ढाई लाख बढीको अवस्था गम्भीर, हस्पिटल, एम्बुलेन्स, भेन्टिलेटर, माक्स सेनेटाइजर र पिपिईको माग, उत्पादन र खपत हेर्दा लाग्छ विश्व कुनै ठूलै युद्धमा छ । तर, न मिसाइल, न हतियार, बम गोला केही छैन । हामी सपनामा विल्कुलै छैनौं । तर, विश्वको सतर्कता, तयारी र एक अर्काबीच गरेको आरोप–प्रत्यारोप र ध्रुवीकरण देख्दा लाग्छ संसार ठूलै युद्धमा छ । तर विश्व त्यस्तो युद्धमा छैन, यो त आज मानव समुदायको आफ्नै विकृत व्यवहारले निम्त्याएको जैविक प्रकोपले निम्त्याएको महामारी हो । यो प्रकोपले मानव सभ्यता माथि नै चुनौति खडा गरिदिएको छ कि अब पनि हामीले हाम्रो प्रकृति र अन्य जीवसँगको व्यवहार सुधार गर्न सकेनौं भने हाम्रो अस्तित्व नै पनि कुनै बेलाका डायनासोर जस्तो लोप हुने छ । सारा विश्वले यस महामारीको समग्र प्रभावसँगै आर्थिक, सामाजिक र राजनैतिक रूपमा गहिरो समीक्षा भोलिका दिनहरूमा गर्दै जानेछ र अहिलेको विश्व व्यवस्थाकै विकल्पहरूमा पनि छलफल सुरू भएका छन् र यी बहसले अझ तीव्रता पाउने निश्चित छ । तर, अहिले विश्वभरका मानव समुदाय र यससँग जोडिएको सभ्यताले जुन महाविपत्तिको सामना गरिरहेको छ त्यो चानचुने छैन । यसलाई हामी सम्पूर्ण विश्वले आपसी सहकार्य, सहअस्तित्व र एकताबाट मात्र कोरानो माथि विजय प्राप्त गर्न सक्ने छौं । तर, विश्वको विभाजित र दोष जति अरूले लिइदिनु पर्ने आडम्बर र घमण्डले आज महामारी अझै व्यापक र अनियन्त्रित हुँदै विश्वभर तीव्रतामा फैलिएको छ । यो संक्रमणको प्रभावबाट हामी नेपालीहरू पनि अछुतो रहने कुरा भएन । हाम्रोमा पनि संक्रमणको आँकडा १००० नजिक पुग्दैछ भलै मृत्यु ४ जनाको मात्रै भएको होस् । विस्तारै हामीलाई पनि कोरोना महामारीले गम्भीर रूपले आफ्नो लपेटामा पार्दै गइरहेको छ । यसो हुनेमा वस्तुगत परिस्थितिभन्दा पनि राज्य संचालकहरूको भ्रष्ट चरित्र, अल्पज्ञान र आडम्बरी सोचले बढी काम गरिरहेको । यो दलाल पुँजीवादको चरित्र पनि हो, जो सधैँ अरूलाई आपूmभन्दा कमसल, बेवकुफ र निकम्मा देख्दछ । तर, वास्तवमा आपूm नै अक्षम र अधिनायकवादी हुन्छ । जुन ओली सरकारको सन्दर्भमा पनि मिल्न गएको छ । उनको सरकारका विवादित निर्णय र स्वयम् प्रधानमन्त्रीका हरेक सम्वोधन र अभिव्यक्तिहरू अरू विपक्षहरूप्रतिको खोइरो र स्वप्रशंसामा केन्द्रित हुने कुराले यो पुष्टि गरेको छ ।
हाम्रा लाखौं आफन्त विदेशमा संकटमा फसिरहेका छन् । हजारौं संक्रमित भएका छन् र केहीको मृत्यु भएका खबर पनि छन् । जुन निकै दुखद् । घर परिवारको लागि विदेशिएका हाम्रा आफन्तहरूलाई सकुशल देश फर्काउनु राज्यको पहिलो जिम्मेवारी हो । सरकार यो बिषयमा यति उदासीन देखियो कि आफ्नो नागरिकहरूको जीउ ज्यानभन्दा आफ्नो सत्ता स्वार्थका लागि दल फुटाउने आपूm खुशी विधेयक ल्याउनेदेखि सांसद अपहरण गराउनेसम्ममा सरकार सामेल भयो । आफ्ना नागरिक देश भित्रै पनि हप्ता दिन हिँडेर गन्तव्यमा जाँदै गर्दा राज्य संयन्त्र अनदेखा बन्यो । उता छिमेक भारतबाट फर्कनेको हजारौँको जुलुस दैनिक सीमा नाकामा देश प्रवेशको पर्खाईमा भारतीय क्वारेन्टाईनमा भारतीयहरूको तुच्छ व्यवहारसहित निकै सकसपूर्ण दिनहरू कटाइरहेका छन् । लकडाउन सुरू हुँदै गर्दा पश्चिमका सीमा नाकाहरूबाट महाकालीमा हामफाली वारी आउनेहरूको हृदयविदारक दृश्यहरू सामाजिक संजालमा छरपस्टिएका पनि हामीले देख्यौं । राज्यको यो व्यवहारले नागरिकमा आफ्नो देश र नेतृत्वप्रति कस्तो भावना जाग्छ होला ? यी हृदयविहीनले बुझ्ने कुरा भएन । तर, आज लकडाउनको दुई महिना नाघिसक्दा पनि सिमानाको सकसपूर्ण क्वारेन्टाइन र स्थानीय निकायहरूको आवश्यक तदारूकता शून्य प्रायः । छ त केवल अब हामीले सक्दैनौ बजेट छै । यो माथिको काम हो जस्ता जिम्मेवारीबाट पन्छिनेभन्दा अरू केही छैन । काम गरेकाहरूले पनि झारा टार्ने मात्र गरेका छन् । त्यसैले त क्वारेन्टाईमै भएका पनि उपचार बिनै मर्ने अवस्था बन्यो । बाँकेमा जसले गर्दा झन् पछि झन् समाजमा आतंक र संक्रमण फैलने अवस्थामा । सुरूवाती चरणमा कमिसनका लागि केही काम गरे जस्तो देखाउन कुहिएका र किरा परेका दाल–चामल राहत भन्दै बाँड्ने स्थानीय सरकारहरू अहिले आफ्ना नागरिक भोकले मर्दै गर्दा बेखवर छ । सोधीखोजी गर्दा भोकले होइन रोगले हो भन्छ । लाग्छ जनप्रतिनिधिहरूको सहयोग नागरिकका लागि होइन । समाचार देखाउन र फोटो खिचाउनका लागि मात्र हो, होइन भने भोकले नागरिक मर्दा राज्य संयन्त्र गैरजिम्मेवार किन ? त्यस्तै स्थानीय निकायले बनाएका वा तोकेका क्वारेन्टाइनहरूमा पनि आधारभूत सुविधाहरू नहुँदा यहाँ बस्नेहरू कसरी हुन्छ ? भाग्ने वा बस्न नपरे हुन्थ्यो भन्नेमा छन् । जुन समुदायको लागि ठूलो जोखिम हो । पछिल्लो समय लकडाउनमै पनि संक्रमण बढ्नुमा क्वारेन्टाईनबाट भागेकाहरूले नै फैलाएका छन् । यी त्यहाँबाट भाग्नुमा राज्य जिम्मेवार छ, कमिसनका लागि यति र ओम्नीलाई अर्बौं खोला बगाउने संघीय सरकार आफ्ना नागरिकका लागि यति लामो समयसम्म पनि आधारभूत सुविधासहितको अस्पताल क्वारेन्टाइन (सफा सौचालय, झुल, सफा पानी, बिजुली, पंखा) र परीक्षणहरू आवश्यकताअनुसार गरिँदैन भने हामी नागरिकले बुझ्ने कुरा हाम्रो स्वास्थ्य राज्यका लागि केही होइन । उसका लागि सत्ता र कमिसन नै सब थोक हो । यो दलाल पुँजीवादी राज्यको विशेष चरित्र पनि हो । सरकार नागरिकको जीवन र दैनिकीभन्दा हरेक कुरामा नाफा दलाली र आफ्नो स्वार्थ मात्रा हेर्छ, त्यसैले यो महामारीले विश्वका सबै देशहरूलाई आफ्ना नागरिकहरूले नजिकबाट चिन्ने मौका पाएका छन् र हाम्रो हकमा पनि सबै तहका सरकारले जनप्रतिनिधिहरूलाई चिन्ने र जाँच्ने अवसर मिलेको । पछिल्लो सरकारको नीति तथा कार्यक्रम र प्रधानमन्त्रीको सम्वोधनले सरकार नागरिकप्रति कति उत्तरदायी छ भन्ने सतहमा ल्याइदिएको छ । आफ्ना नागरिक संक्रमणले ग्रस्त हँुदै गर्दा ओली नेपालको नक्सा जारी गरेर कमाएको नक्कली राष्ट्रवाद संसदबाट एमसीसी पास गराएर आफ्नो राष्ट्रघाती विगत फेरि पुष्टि गर्दैछन् । यसले राज्य र शासकहरूको वास्तविक तस्वीर उदांगिएको छ ।
त्यस कारण अब नागरिक स्तरबाट महामारीविरूद्ध सचेतना, जागरण र आपूmसँग हुनेहरूले नभएका संकटग्रस्तहरूलाई दिने गरी संयन्त्र देशका सबै टोल टोलमा बनाई परिचालन गर्नु पर्दछ । आखिर जीवनको मूल्य भनेकै संकटका बेला अरूलाई काम लाग्छ कि लाग्दैन भन्ने बाट नाप्ने त हो न । मानव सभ्यताविरूद्ध आएको यो महामारीलाई अब अरूको मुख ताकेर होइन, राज्यलाई आफ्नो नागरिकप्रतिको कर्तव्य के हो सिकाएर नागरिक राज्य बनाउन सम्पूर्ण मेहनतवश युवा, विद्यार्थी, मजदुर, पत्रकार, बुद्धिजीवि नागरिक समाज एकजुट हुँदै गैरजिम्मेवार राज्यको विकृत तस्वीर सदाका लागि अत्य गर्ने अवसरका रूपमा यो महाविपत्तिलाई बदलौं ।

प्रतिक्रियाहरु