मलेसियामा नेपाली कामदारको मृत्यु

काठमाडौं , १५ पुष । मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । सोमबार मलेसियाको मलक्का राज्यमा काम गर्ने क्रममा मासु काट्ने मेशिनमा परेर नेपाली कामदारको मृत्यु भएको त्यहाँको स्थानीय मिडियाले जनाएको छ । मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय ती नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गरिरहेका बेला सो दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘अन्य तीन कामदारसँगै उनले पनि त्यहाँ मर्मतसम्भारको काम गरिरहेका बेला मेशिन अचानक अन (चालु) भएपछि सो दुर्घटना भएको थियो,’ जुल्खैरनीले बताए। उनका अनुसार त्यसपछि ती कामदारको शरिर मेशिनबाट झिक्न आधा घन्टा लागेको थियो। घट्नाको छानविन भइरहेको एजेन्सीले जनाएको छ।
मलेसियामा दर्ता भएरै काम गरिरहेका विदेशी कामदारको संख्या करिब २० लाख छ भने त्यहाँ झन्डै ३ लाख ६० हजार नेपाली कार्यरत् छन्।
मलेसियामा अधिकांश नेपालीले सुरक्षा गार्ड, निर्माण कार्य र होटेल लगायतका क्षेत्रमा काम गर्छन्।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>