मतपेटिका फुटाउदा सुरक्षाकर्मीले ताली पिटे !

२०७४ मंसिर २१ गते, बिहीबार

काठमाडौं, २१ मंसिर । निर्वाचन अधिकृतले नै धाँदली गर्न खोजेको भन्दै मतदाताले नै मतपेटिका फुटाएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ५ मथुरा माविमा मतदान केन्द्रका अधिकृत सुरेन्द्र अधिकारीले धाँदली गर्न खोजेको भन्दै स्थानीयले मतपेटिका फुटाएका हुन् ।
स्थानीयका अनुसार अधिकृत अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र बाँडेका थिए । त्यो थाहा पाएपछि विवाद सुरु भएको थियो । मतदान स्थगित भएको छ ।
आक्रोसित मतदाताले मतपेटिका फुटाएर फाल्दा सुरक्षाकर्मीले तालि पेटिको एक मतदाताले जानकारी दिए । निर्वाचन अधिकृत अधिकारीले बद्‍मासी गरेको कुरा सुरक्षाकर्मीले थाहा पाएको बताइएको छ ।
यसैबीच भक्तपुरको मध्यपमुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा बम राखिएको प्रहरीले बताएको छ । बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम राखिएको स्थानबाट कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्य्विनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्र नजिक पर्छन् । बम राखिएको हल्ला भएसँगै दुबै मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो ।
यस्तै मकवानपुरको हेटौंडा-८ को एउटा मतदान केन्द्रमा बम फेला परेको छ । हेटौंडा- ८ कमानेमा चन्द्रोदय उच्च मावि मतदान केन्द्र नजिक बम फेला परेको प्रहरीले बताएको छ । मतदाता अातंकित भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु