मंगल ग्रहमा ‘ताल’ भेटियो

काठमाडौं ,१० साउन । मंगल ग्रहमा तरल पानी रहेको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । प्रस्तावित ‘ताल’ मंगल ग्रहको दक्षिणी धुर्वमा रहेको र करिब २० किलोमिटर लामो भएको बताइएको छ । यसअघिका अनुसन्धानले मार्टियन तहमा पानी बगिरहेको सम्भावित संकेत पत्ता लगाएका थिए । यद्यपी पछिल्लो प्रमाण नै मंगल ग्रहमा पानीको सतह रहेको भन्ने पहिलो संकेत भएको बिबिसीले उल्लेख गरेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले पत्ता लगाएको ताल जस्तै पानीको सतहले उसले यसअघि भन्ने गरेको मंगल ग्रहमा पानी छ भन्ने कौतुहलतालाई केही हदसम्म समाधान गरेको बताइएको छ ।
मंगल ग्रहको पातलो वायुमण्डलका कारण त्यहाँको मौसम चिसो रहेकाले भेटिएको पानीको अधिकांश तह वरफ अवस्थामा रहेको जनाइएको छ । मार्सिस नामक एउटा उपकरणको माध्यमबाट यो विषय पत्ता लागेको बिबिसीले उल्लेख गरेको छ ।
‘यो सम्भवतः ठूलो ताल हैन,’ अनुसन्धानको नेतृत्व गरिरहेका इटालियन नेसनल इन्सिट्युट फर एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्टो ओरासेईले बताएका छन् । पानीको तहको गहिराई कति छ भनेर मार्सिसले यकिन गर्न नसके पनि ताल कम्तीमा एक मिटर गहिराई हुनसक्ने अनुसन्धान टोलीको अनुमान छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>