भ्रष्टचार र फासीवादका विरुद्ध विप्लवको नेतृत्व – विष्णु पन्त

१. भ्रष्ट मनोविज्ञान
आज चिन्ताको विषय के छ भने आम सामाजिक मनोविज्ञान नै भ्रष्टचार र कमिशनप्रति लालायित बनेको छ । आज समाजमा पुरै भ्रष्टहरुको विगविगी भएको छ । मान्छेको चिन्ता रातारात धनी बन्ने योजना र षड्यन्त्रतर्फ उन्मुख छ । आज राज्यका नामुद भ्रष्टहरु, तस्करहरु, कालोबजारीहरु र कमिशन खोरहरु नै राष्ट्रपति र प्रधानमन्त्रीबाट पुरस्कृत हुन्छन् । सँगै विदेश भ्रमणमा जान्छन् र बालुवाटार अनि सिंहदरबारको केन्द्रमा रही रहन्छन् । आज सबैभन्दा ठूला भ्रष्ट र लुटेराहरु कहाँ हुन्छन् भनेर खोज्नु पर्दैन, तिनीहरु खड्गप्रसाद ओली र पुष्पकमल दाहालको वरिपरी हुन्छन् । जब राज्य नै भ्रष्टचारीहरुको संरक्षक बनेर उभिन्छ, सत्तारुढ पार्टी नै दलालहरुको अभिभावक बनेर निस्किन्छ तब न्याय खोज्न कहाँ जाने ? के त्यस्तो राज्यमा न्याय र निशाफको परिकल्पना गर्न सकिएला ? आज राज्य संयन्त्र पुरै किनबेच र मोलतोलका आधारमा चलाईदै छ । आज अरबौंका दजनौं भ्रष्टाचारका काण्डहरुले राज्यको मजाक गरिरहेका छन् । कथित केपि–पिकेले समाजवादको खिल्ली उडाएका छन् र कथित सत्तारुढ कम्युनिष्ट पार्टीको उपहास गरी रहेका छन् । एनसेल, वाइडबडी, बालुवाटार जग्गा प्रकरण, फोरजी प्रकरण, मेलम्ची, ३८ क्विन्टल सुन काण्डलगायतका दर्जनौं भ्रष्टचारका काण्डहरु जुन सिधै केपि, पिके, विष्णु पौडेल, गोकुल बास्कोटालगायतका मन्त्री र नेताहरुसँग जोडिएका छन् । अरबौंका भ्रष्टाचारका काण्डहरुको सूची उतार्न थाल्ने हो भने त्यो पानामा नअटाउने भएको छ र सबै भ्रष्टचारको संरक्षण सरकार र सत्तारुढ पार्टीले गरिरहेको छ । इतिहासको मजाक के छ भने भ्रष्टचारलाई राज्यद्वारा संस्थागत गरिएको छ र वैधानिकता प्रदान गरिएको छ । गणतन्त्रलाई लुटतन्त्रमा परिणत गरिएको छ । आज नवधनाढ्य वर्ग जो राज्यदोहन गरेर रातारात धनी बनेका छन्, उनीहरु नै सर्वत्र हाबी भएका छन् । लुट्नको लागि आज साम, दाम, दण्ड र भेद सबै प्रयोग भएको छ । हिजोका राजारानीभन्दा पनि धेरै खर्चिला, भड्किला राष्ट्रपति र प्रधानमन्त्रीलाई अब आलोचना वा विरोधबाट सच्याउन सकिंदैन । राष्ट्रपति र प्रधानमन्त्रीको सोंच, चिन्तन र दृष्टिकोण यति जीर्ण (क्रोनिक) बनेको छ कि अब सुधारको सम्भावना छैन । उनीहरुका दैनिक खर्चले मुलुकलाई थिलो–थिलो पार्ने कार्य भएको छ । सत्तारुढ दल यतिविघ्न भ्रष्टाचारमा डुबेको छ कि भ्रष्टचारको विरोध गर्ने, त्यहाँ अट्न नसक्ने भएको छ । विभिन्न आरोपमा आलोचना गर्नेहरु पार्टीबाट गलहत्याइने अवस्था छ । जनताहरु गणतन्त्रबाट यति धेरै निराश भएकी जनमत संग्रह हुने हो भने बरु राजतन्त्रले जीत्ने अवस्था बनाइएको छ । दुई तिहाई त खाली राज्यदोहनका लागि भन्ने भाव सत्तामा परेको छ । अन्तत्वगत्वा सरकार लुटेराहरुको केन्द्र बनेको छ । सबैतिर सीमित दलालहरु खडा गरेर उसले आफ्नो उन्माद देखाई रहेको छ । प्रधानमन्त्रीभन्दा ठूलो आवाज दलालहरुको छ ।
२. बालुवाटारको जग्गा बेच्नु देश बेच्नुसरह
यो एउटा मनोविज्ञानको कुरा हो कि बालुटारको जग्गा राज्यको हो तर त्यो बेच्नु भनेको देश बेच्नु जस्तै हो । त्यो बेच्न सक्नेले देश नबेच्लान् भन्ने केही छैन । बालुवाटारको जग्गा किन्ने र बेच्ने सरकारको केन्द्रमा छ । सत्तारुढ पार्टीको हेडक्वाटरमा छन् । त्यसमा पार्टीका महासचिव विष्ष्णु पौडेल मात्र होइनन् अध्यक्षहरु पनि संलग्न छ भने स्पष्ट हुन्छ किनकि अरुलाई एक दिन भए पनि पार्टीबाट निलम्बन गरेर छानविन गर्न सकिन्थ्यो । पार्टीले सामान्य स्पष्टीकरण पनि लिने हिम्मत गर्न सकेन । सरकारले उल्टो उनी ठगीएको र क्षतिपूर्ति दिने कुरा ग¥यो । प्रधानमन्त्री केपि ओलीले बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष भएको भन्दै बचाउ र संरक्षण गरे । अहिले सार्वजनिक जग्गा बिक्री भएका समाचारहरुको सप्रमाण बाढी नै आएको छ । तर, सरकार भने चुँसम्म बोल्न सकेको छैन्, आखिर किन ? जवाफ स्पष्ट छ, किनकि त्यहाँ मिलेमतो र भागवण्डा भएको छ । सबै त्यसमा डुबेका छन् । कथित जनप्रतिनिधिहरुको संसदमा यी विषयमा छलफल हुँदैनन् । कथमकदाचित भईहाले भने वाइडबडीमा जस्तै रातारात भाषा फेरिन्छन् ।
३. भ्रष्ट विचार
भ्रष्टाचार पनि नेताहरुको दृष्टिकोणमा आएको विचलन, पलायन र अवसरवादको पराकाष्ठा हो । जब देश र जनताप्रति धोका र गद्दारी हुन्छ तब भ्रष्टाचारले जरा गाड्छ । जब विचारको अन्त्य भन्ने संष्लेषण गरियो जब इतिहासको अन्त्य भन्ने घोषणा गरियो तब बाँकी नै के थियो र ? विचार, इतिहासका साथसाथै वर्ग अनि परिवर्तनको पनि अन्त्य भएको निष्कर्ष निकालियो । र त कोही एमालेमा, कोही फोरममा विलय बनाइयो । विस्तारै यिनीहरु राष्ट्रियताको अन्त्य भन्ने विभ्रमतिर जाँदै छन् । कथित नागरिकता विधेयक जसमा नेपालीलाई होइन विदेशीहरुलाई नागरिकता बाँड्ने षड्यन्त्र भयो । जसलाई नेपालको माया छ । हाम्रो भूगोलप्रति माया छ र हाम्रो सीमा अतिक्रमणको पीडाबाट मुक्त हुने मन छ । अनि हाम्रो राष्ट्रियताप्रति अगाध माया छ । उसले यस्तो नागरिकता विधेयक ल्याउन सक्दैन । जसलाई हाम्रा भावी सन्ततीहरुले के भन्लान् भन्नेसम्मको चिन्ता होइन, उनीहरुको लागि राष्ट्रियता केवल ‘नरहे बाँस नबजे बाँसुरी’ जस्तै भएको छ । म प्रधानमन्त्री नभए केको राष्ट्रियता, किन राष्ट्रियता भन्ने मनोवृत्तिको विकास भएको छ । आज रुपमा माओवादबाट तल झरेर माक्र्सवाद, लेनिनवाद मात्र भनिएको छ । तर, व्यवहारमा उल्टो भएको छ । जसले दिनहुँ अरबौंका भ्रष्टाचार गरिरहन्छन्, तिनीहरुले ल्याइदिने समाजवाद कस्तो होला ? के समाजवाद पनि भिख मागेर पाइने चीज हो र ? राजामहाराजा, नेता र सामन्तले दिएर आउने चीज हो र ? के प्रचण्ड र ओलीले जनतालाई समाजवाद दिन सक्छन् ? जसले जनताका न्यायपूर्ण आवाजलाई प्रतिबन्धित गर्छन्, दमन गर्छन्, तिनले अधिकार कसलाई दिन्छन् होला ? बरु ज्ञानेन्द्रले राज्य त्याग गरे, नारायणहिटी त्याग गरे तर के केपि र पिकेले त्याग गर्न सक्छन् ? नगलत्याएसम्म त्यो परिकल्पना गर्न सकिँदैन । आज सबै जनताका अधिकार लुट्न वा खोस्न खोजिदै छ किन ? डाक्टरहरु, इन्जिनियरहरु आन्दोलनमा निस्किए, लाठी बर्षाएर दमन गरियो । पत्रकारहरु सडकमा आएका छन्, दमन गरिएको छ । किसान, मजदुर, उद्योगी, व्यवसायी, राष्ट्रिय पुँजीपति सबैलाई दमन गरिंदै छ । किन खोसिन्छ जनताका सार्वभौम अधिकार ? किन लगाइन्छ दलमाथि प्रतिबन्ध ? किन गरिन्छ झुटो इकाउन्टरको नाममा गोली हानी हत्या ? किन गरिन्छ मौलिक हक र मानवअधिकारको हनन् ? विचारमा कस्तो शक्ति हुन्छ भन्ने हेर्न टाढा जानु पर्दैन । पहिलो संविधानसभाको निर्वाचन पछि बनेको प्रचण्डको सरकारलाई हेरे पुग्छ । त्यतिबेला कसैले पनि भ्रष्टचारको कल्पनासम्म पनि गरेको थिएन । तर, अहिले त भ्रष्टहरुले घर उपहार दिन्छन् प्रचण्डलाई । आज देशै भ्रष्टाचारमा डुबे जस्तो भएको छ ।
४. भ्रष्ट संस्कृति
आज हाम्रो समाजमा भ्रष्टाचार पनि एउटा संस्कृतिका रुपमा विकास हुँदैछ । जसले पैसा कमायो उ समाजमा प्रतिष्ठित बन्यो । जसरी होस् पैसा कमाऊ भन्ने संस्कारको विकास भएको छ । लुटपाट, गुण्डागर्दी, ठेक्कापट्टा, कालोबजारी, तस्करी जसरी कमाए पनि त्यो बैध र सम्मानित हुन्छ । यो भ्रष्ट संस्कृतिले हाम्रो समाजलाई निल्दै छ । आज इमानदार र स्वाभिमान बन्ने मान्छेहरु बहिस्करणमा पर्दैछन् । स्वच्छ पेशा, व्यवसाय वा जागिरमा बाँच्न चाहने मान्छेहरु विस्तारै समाजका अपहेलित र निम्न वर्गमा रुपान्तरित हुँदैछन् । सर्वत्र काम नगरी दलालीका आधारमा धनी बन्ने आकांक्षाहरुको विकास हुँदैछ । आज भयानक चिन्ताको विषय के छ भने काम गर्ने, उत्पादन गर्ने मान्छेहरु सधैं कङ्गाल र अपहेलित बनिरहनु पर्ने तर दलालहरु वा विचौलियाहरु धनी बनिरहने व्यवस्थाले मुलुकलाई विघटनतिर लैजाँदै छ । आज सबै तहका सरकार, नेता र कार्यकर्ताहरुलाई दलाल र विचौलिया बन्न सिकाइदै छ ।
५. भ्रष्टचार विरोधी आन्दोलन
आज नागरिकहरु स्वतस्फुर्त रुपमा भ्रष्टाचार विरोधी आन्दोलनमा उत्रिँदै छन् । नागरिक समाज, नागरिक अगुवा, बुद्धिजीवि, पत्रकार सबै भ्रष्टाचारविरुद्ध सडकमा निस्किँदै छन् । वरिष्ठ विश्लेषक प्राध्यापक डा. सुरेन्द्र के.सी.ले भनेका छन् –“प्रतिबन्ध र भ्रष्टचारको विरोध गर्दा कसैले विप्लवको आरोप लगाएर जेल चलान गर्छ भने म जेल जान तयार छु ।”
यसबाट प्रष्ट हुन्छ केपि र पिकेको फासीवादले कति ठूलो विस्फोट निम्त्याउँदै छ भनेर । डा. सुन्दरमणि दीक्षितले भने जस्तै “परिवर्तन ल्याउलान् र जनतालाई अधिकार देलान् भनेको त लुटतन्त्र पो ल्याए र आपूm मालिक भए ।” पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले भने जस्तै –“केपि र प्रचण्ड त कम्युनिष्टका नाममा लुटेरा पो रहेछन्, राष्ट्रियताको आन्दोलन लागि विप्लवले सडकमा आएर नेतृत्व गर्नु पर्छ ।” करिब एक खरब कर नतिर्ने एनसेलमाथि र भ्रष्ट अनि मानव तस्करमाथि कारवाही गर्नासाथ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धको सर्वत्र विरोध र भत्र्सना भएको छ । चर्चित नायिका रेखा थापादेखि कलाकार बुद्धिजीवि समूह सबैले विरोध गरिरहेका छन् । आज प्रतिबन्ध र भ्रष्टाचारका विरुद्ध एउटा सशक्त ध्रुवीकरणको सम्भावना बढेको छ । पाँच पार्टीबीचको कार्यगत एकताबाट एउटा फासीवाद विरोधी मोर्चा बन्ने सम्भावना प्रबल बनेको छ । अलि पहिला प्रकाण्डमाथि मुद्दा चलाइएको थियो । उहाँसँगको सर्वोच्च अदालत भित्रको भेटमा एकजना वरिष्ठ अधिवक्ताले भनेका थिए –“अब त लोकतान्त्रिक अधिकार र मानवअधिकारका लागि पनि तपाईहरुले लडिदिनु पर्ने बेला भएको छ ।”
६. इन्काउन्टरको राजनीति
सरकारले के भनेको छ भने विप्वलका नेता, कार्यकर्ता गिरफ्तार गर्दा गोलीसम्म हान्ने अधिकार प्रहरीलाई दिएको छ । अहिले इकाउन्टरका घटनाहरु बढेका छन् । यही जेठ ७ गते भोजपुरमा एकजना युवा तिर्थराज घिमिरेलाई झुटा इन्काउन्टरको नाममा गोली हानी हत्या गरिएको छ । त्योभन्दा अगाडि कपिलवस्तुमा इन्काउन्टको नाममा गिरफ्तार गरी बाटोमा लगेपछि गोली हानी घाइते बनाइएको थियो । सल्यान, काभ्रेमा पनि इन्काउन्टरको नाममा गोली हानीएको थियो । इन्काउन्टरको रणनीतिबाट नेपाल प्रहरीको बदनाम गराइएको छ । यसले कानुनको शासन र मानवअधिकारप्रति सरकारले देखाउने प्रतिबद्धताको खिल्ली उडाएको छ । इन्काउन्टरको जवाफ इन्काउन्टरबाटै आउन थाल्यो भने त्यसपछिको परिणाम के हुन्छ ? इन्काउन्टरको जवाफ आदेश दिने र कार्यान्वयन गर्ने दुवैलाई छानी–छानी कारबाही गर्न आवश्यक छ । भोलि इन्काउन्टरको हतियार विरोधीहरुलाई सिध्याउनका लागि प्रयोग हुने निश्चित छ ।
७. भ्रष्टचार र फासीवाद
वर्तमान केपि र पिके गठबन्धनको सत्ताभित्र भ्रष्टाचार र फासीवाद दुवै उत्कर्षमा पुगेको छ । एउटा हातमा कमिशनतन्त्र र अर्को हातमा निरंकुशतन्त्रसँगै हिँडाइएको छ । एउटा हातमा अधिनायकवाद र अर्को हातमा माफियातन्त्र हावी भएको छ । सरकारको एउटा हातमा तानाशाहीकरण र अर्को हातमा लुटतन्त्रसँगै हिँडेको छ । प्रधानमन्त्री केपि ओलीले आपूmलाई हिट्लर नै ठानेका छन् । उनी सबै न्यायपूर्ण आन्दोलनहरुलाई दबाउने अभ्यास गर्दैछन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय फासीवादको निर्णायक कदम थियो ।
८. भ्रष्टाचार र फासीवादको अन्त्यका लागि विप्लवको नेतृत्व
आज भ्रष्टाचार र फासीवाद हाम्रो राज्यका मुख्य शत्रु बनेका छन् । सबैखाले विकृति र विसंगतिले राष्ट्रलाई नै निल्ने वा विघटन गर्ने खतरा उत्पन्न भएको छ । समयमै यो केपि र पिकेको निरंकुश सत्तालाई अपदस्त गर्न सकिएन भने देशै नरहने खतरा उत्पन्न भएको छ । यसको प्रतिरोधका लागि एउटा सशक्त पार्टी र विश्वासिलो नेतृत्व चाहिन्छ । त्यसका लागि विप्लवको नेतृत्व विस्तारै सर्वस्वीकार्य हुँदैछ । अब जनताले विश्वास गर्न सक्ने पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हुने छ र सबै प्रगतिशील देशभक्त, सच्चा लोकतन्त्रवादी तथा मानवअधिकारवादी शक्तिहरुको सामुहिक पहलबाट भ्रष्ट र निरंकुश सत्ताको अन्त्य गर्नु जरुरी बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>