भेडेटारमा सिसाको पुल बन्ने !

२०७६ भाद्र १० गते, मंगलवार

काठमाडौं , १० भदौ । काठमाडौंको कमलादीस्थित वन्डर नेपालले धनकुटाको भेडेटारमा सिसाको पुल अर्थात स्काइ वाक निर्माण गर्न चासो देखाएको छ । होटल एसोसिएसन भेडेटारसँगको सहकार्यमा वन्डर नेपालले स्काइ वाक निर्माण गर्न चासो देखाएको हो ।स्काइ वाक निर्माणको लागि सो समुहले चाल्सप्वाइन्टसहित अन्य तीन स्थान हेरेको छ । गाँउपालिकाले अध्यायनको अनुमति दिए उपयुक्त स्थान छनौट गरी डिपिआर तयार गर्ने तथा प्रदेश सरकारले निर्माणको अनुमति दिए भेडेटार आसपास निर्माण गरिने कम्पनीका इन्जिनियर आकर्षण पोख्रेलले जानकारी दिए । भेडेटारमा पर्यटक बढि आउने भएकाले नयाँ गन्तब्य निर्माणको लागि चासो देखाएको पोख्रेलको भनाइ छ ।
यता भेडेटारका पर्यटन व्यवसायीले भने स्काइ वाक निर्माणको लागि सहयोग गर्न आफूहरु तयार रहेको जनाएका छन् । चीनमा प्रख्यात रहेको स्काइ वाक नेपालको लागि भने नयाँ हो । यो कम्पनीले काठमाडौंको कमलादीमा नेपालकै पहिलो स्काइवाक टावर निर्माण सुरु गरेको जनाएको छ ।

प्रतिक्रियाहरु