भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

काठमाडौं , १६ असोज । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सृजित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ । खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरका भग्नावशेषबाट कंयौं व्यक्तिको शव निकालेका छन् । जसका कारण प्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । यद्यपी सरकारी तथ्यांकअनुसार भने मृत्यु हुनेको संख्या ८४४ पुगेको बताइएको छ । भूकम्प गएको पाँच दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन । घरका भग्नावशेषबाट जिवितै व्यक्ति उद्धारको लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ ।
इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकहरु बढ्नसक्ने बताएका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् । मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका र सयौं घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाई छ । इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>