भुटानकी महारानीद्वारा कपिलवस्तु दरबार भ्रमण

२०७४ फाल्गुन २५ गते, शुक्रबार

काठमाडौँ , २५ फागुन । भुटानकी महारानी आसी साङ्दे छोडेङ्ग वाङ्चुकले आज निग्रोधराम कुदान र भगवान् गौतमबुद्धका पिता राजा शुद्धोदनको प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेकी छन् । महारानी वाङ्चुकले गौतमबुद्धले ज्ञान प्राप्त गरी पहिलोपटक कपिलवस्तु आउँदा आमा–बुवासँग भेट गरेको महत्वपूर्ण मानिएको स्थल, २९ वर्र्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार, दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेकी हुन् ।
बुद्धको जन्म साढे २५०० वर्षअघि भएको इतिहासमा उल्लेख गरिएको छ । तर, त्यसभन्दाअघि नै प्राचीन कपिलवस्तुमा मानव सभ्यता र सहर रहेको अध्ययनले देखाएको छ । तिलौराकोट दरबारमा लगातार गरिएको पाँचौं वर्षको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तुमा बुद्धकालीन समयभन्दाअघि नै मानव सभ्यताको विकास भएको पाइएको हो । यहाँ आठौं शताब्दीमा नै मानवबस्तीको विकास भएको देखिएको बेलायतको दुर्हम विश्वविद्यालयसहितको टोलीले पाँच वर्षदेखि गरेको अध्ययन–अनुसन्धानपछि पुष्टि भएकोलगायतका विषयमा पुरातत्व अधिकृत हिमाल उप्रेतीले महारानी वाङ्चुकलाई जानकारी गराएका थिए ।
अवलोकनपश्चात् पुरातात्विक क्षेत्र उत्खनन्कार्यमा पुरातत्वविद्हरुको भूमिकाबारे महारानी वाङ्चुकले सरहाना गरेकी थिइन् ।

प्रतिक्रियाहरु