भिटामिन ‘डी’ कम भए

२०७५ आश्विन २८ गते, आईतवार

काठमाडौं , २८ असोज । भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ  । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ  । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन  । जसको कारण हाड कमजोर हुँदै जान्छ  । कतिपय अवस्थामा भिटामिन डी कमी भएको लक्षण ठ्याक्कै देखिँदैन  । यसको कमीले देखिने लक्षण भनेका हाड दुख्ने, मुटुमा समस्या देखिने, क्यान्सर, कठिन खालको दम आदि हुन्  । यसको कमीले, डिप्रेसन, कपाल झर्ने, टाउको दुख्नेलगायत समस्या पनि निम्तिने गर्छ  ।
भिटामिन डीले मधुमेह र रक्तचापलाई समेत सन्तुलित राख्ने भएकाले यसको कमीले मधुमेह र रक्तचापको समस्या पनि देखिन सक्छ  ।
दूधबाट बनेका प्रडक्ट, माछा, अन्डा नखाने र घाममा नदेखिने मानिसलाई भिटामिन डीको कमी हुन सक्छ  । बिहानदेखि बेलुकासम्म अफिसभित्रै बसेर काम गर्नेलाई पनि यस्तो समस्या हुन सक्छ  । कालो वर्णका मानिस भिटामिन डी कमीको जोखिममा हुन्छन्  । कालो वर्णका मानिसमा हुने मिलानियन पिगमेन्ट नामक तत्वले भिटामिन डीको निर्माणमा अवरोध सिर्जना गर्छ  । मिर्गौलासम्बन्धी समस्या भएका मानिसमा पनि भिटामिन डीको कमी हुन सक्छ  । किनकि, मिर्गौलाले भिटामिन डीलाई निर्माणमा सीधा सम्बन्ध हुन्छ  । पाचन प्रणलीमा समस्या, दीर्घरोगी, मोटोपन भएका मानिसमा पनि यसको समस्या देखिन सक्छ  । दूध, दही प्रशस्त मात्रामा खानुपर्छ  । दैनिक २० मिनेट घाममा बस्ने, सागपात, माछा, अन्डा खाने ग¥यो भने यो समस्याबाट बच्न सकिन्छ 

प्रतिक्रियाहरु