भारतीय हस्तक्षेपविरुद्ध मशाल जुलुस

२०७६ कार्तिक २२ गते, शुक्रबार

काठमाडौँ , २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले भारत सरकारले नेपालको लिपुलेक, लिम्पियाधुराको ३७२ वर्गकिमि जमिन आफ्नो नक्सामा सिाएर सार्वजनिक गरेको विरोधमा मशाल जुलुस निकालेको छ । अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला र क्याम्पस जिल्लाले काठमाडौँ नयाँबानेश्वरचोकमा मशाल जुलुस निकालेका हुन् । नेकपाको केन्द्रीय कार्यक्रमअनुसार मशाल जुलुस निकालिएको अखिल क्रान्तिकारीले जनाएको छ । विद्यार्थी सङ्गठनले निकालेको जुलुसमा हजारौँ जनताले ताली बजाएर ऐक्यबद्धता जनाएको सङ्गठनले जनाएको छ । जुलुसमा ‘लिपुलेक र कालापानी हाम्रो हो, मिचिएको सीमा र असमान सुगौली सन्धि खारेज गर, साम्राज्यवादी मोदी सरकार मुर्दावाद, सीमा मिच्न पाइँदैन, केपी सरकार चाहिँदैन’ लगायत नारा लगाइएको जनाइएको छ ।

प्रतिक्रियाहरु