भारतीय र नेपाली हिन्दुधर्म बीच फरक र नेपाली राष्ट्रियताको प्रश्न – संसारसेन पृथक

२०७६ पुष २० गते, आईतवार

पश्चिमा संस्कृतिको धेरै बिरोध गरेजस्तो गर्ने क्राइष्टको देवत्वकरण गर्ने भारतीय दुर्बुद्धि र भष्मासुर मोदी संघ परिवार फेरि नेपाल हिन्दुराज्य हुनुपर्छ भन्ने कंशीय प्रवृत्तिबाट नेपाली राजनीतिसमेतलार्ई बेलाबेलामा उत्तेजित बनाउने गर्दछ सत्य के हो ? त्यो बुझ्न् जरुरी हुन्छ । नेपाली राजनीति इतिहासमा लामो समयसम्म राष्ट्रिय राजनीति नेतृत्व राष्ट्रिय सुरक्षा, सामाजिक, संस्कृतिक, धार्मिक रूपमा नेपाल र भारत सभ्यताको स्कुलिङ र ब्याख्या अत्यन्तै भ्रामक र असत्य सम्प्रेषण गरिनुनै नेपालको राष्ट्रियता कमजोर बन्नुको प्रमुख कारण बनेको छ । जतिबेला २०७२ को संविधान घोषणा भयो, त्यतिबेला नेपाली राजनीतिमा एउटा होजस्तो परेर भारतले नाकाबन्दी ग¥योे । बाहिर प्रपोगाण्डा फैलाउने गरियो, भारतीय संस्थापनले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएकोमा भारतको असहमतिको कारण नेपालमा भारतले नाकाबन्दी गरेको हो । केही बौद्धिक भनिने मान्छेहरु र संविधानका सूत्रधार नेतृत्वले समेतको बुझाइ बाहिर आयो खास त्यो सत्य कदापि होइन । एउटा त भारतमा मौलाएको संस्कृतिक जागरणबाट उत्पादित धर्म र त्यसैको भावभूमिमा टेकेर निर्मित राजनीति शक्ति भारतीय बर्तमन संस्थापन राजनीति शक्ति वास्तविक बैदिक हिन्दूधर्मको भावभूमिमा रहेको सङ होइन भन्ने कुरामा स्पष्ट हुन नेपाली हिन्दुहरुमा आवश्यक छ । नेपाली हिन्दुधर्मप्रति जति पनि समाजबाट बितृष्ण पैदा हुन थालेको छ । यो सब नेपालीहरुमा देखिएको वैदिक हिन्दुधर्मलाई बुझ्न र बुझाउन नसकी भारतीय वैष्णव बर्णाश्रम धर्म संस्कृतिले प्रभावित हुनु हो । बर्तमन बिजेपीले उत्पादन गरेको संस्कृतिक राष्ट्रिय जागरण त्यहीँ बैष्णव संघ परिवारको उपज हो ।
भारत र नेपालका हिन्दुधर्म बीचमा भिन्नता
भारतिय सभ्यता स्मृती प्रमप्रामा आधारित छ भने नेपाल सभ्यता श्रुति प्रमप्रामा आधारित छ स्मृति भनेको सम्प्रदायमा आधारित हो श्रुति भनेको बेदमा आधारित हो । नेपाल ज्ञान, विज्ञान, बेद, संस्कृति, सभ्यताको बिराट अनुपम बोकेको स्वाभिमानी राष्ट्र हो । इतिहासको ऐतिहासिकता गहन अध्ययन गर्ने हो भने भारत सयौं बर्षसम्म आफ्नो सभ्यता, संस्कृति धर्म ज्ञान सबै गुमाएर मुगल र अंग्रेज साम्राज्यको दास बनेर बसेको देश हो । तर, नेपाल राष्ट्रको उत्पत्तिकालदेखि बैद्धिक मान्यतामा बिश्वास राख्ने राष्ट्र भएको पाइन्छ । बुद्धिले राज्य संचालन गर्नुपर्छ भन्ने एउटा आदर्शवान् भूमि नेपाल हो, जसले मानव सभ्यताको रक्षा बिकासको ज्ञान बाँड्ने काम नेपालले गरेको हो । भारतीय हिन्दुधर्माबलम्बी र नेपाली हिन्दुधर्मबीचमा आकाश–पातलको फरक छन् । तर, नेपालीहरुले अहिले अबलम्बन गरेको रीतिथिति, धर्म, संस्कार झन्डै ८० प्रतिशत भारतीय वैष्णव बर्णाश्रम धर्मको प्रभाव छ भारतीहरु भन्छन् । मुसलमानको रइम र हिन्दुको राम एउटै हुन् । त्यस्तै किष्ट्रो गीता र भगवत गीता एउटै हो भन्छन् बुझिने गरी लेख्दा क्रायष्ट र कृष्णलार्ई एउटै भन्छन् । भारतले मान्ने गरेको दशरा रामले रावणलाई मारेको दिनलार्ई विजयको दशरा मनाउने गर्छन् । नेपालीहरुले विभिन्नरूपमा अबस्थित पन्चतत्वको पूजा गर्ने गर्ने र देवीदेवताको र आफ्ना कुलदेबताको पुजा गरेर बिजय दशमी मनाउँछन् । भारतीहरु रावणलाई मारेर राम खुशी बनेको दिनलार्ई खुसियाली मनाउने पटकाहरु पड्काउने अतः बारुदी संस्कार भित्र्याएका छन् भने नेपालीहरुले प्राकृतिमा मानबसँग सम्बन्ध रहेका पशुपंछीको पूजा गर्ने र दिदीले भाइको दिनदशा सुल्टो सुल्झ्योस् भनेर ओखर फोरेर पूजा गर्दछ । भाइले बहिनीलार्ई पबित्र पूजा गर्दछन्, भारतीयहरु राखी बाँध्ने भन्छन् । तर, हाम्रो नेपालमा बैद्धिक मान्यतामा रहेर मन्दिरमा पुगेर तागा बाँध्ने भनिन्थ्यो यो प्रचलनलार्ई हराउनका लागि भारतीय भट्टले बाँधेको जनाइलाई मात्र तागा भनियो पछि १९१० सालमा जङ्गबहादुर राणाले भारतीय बैष्णव बर्णश्रम ब्यबस्थालाई हुबहु नेपालमा कानुनबाट लागू गर्न बर्णाश्रम ब्यबस्था सुरु गरे तागाधारी, मतुवाली, मासिन्या मतुवाली र नमासिन्या मतुवाली यसै जङ्गबहादुर राणाले निर्माण गरेको मुलुकी ऐनको सुरुवातसँगै नेपालको वैदिक हिन्दुधर्म संस्कार संस्कृति सभ्यताको दुर्दशा सुरु भएको पाइन्छ । किराँतकालमा समेत शैव सभ्यता अस्तित्वमा थियो । गौतम बुद्ध समेतले बेदयुक्तको अर्थ ज्ञानको भण्डार भनेर भन्नुभएको छ । वैदिक सभ्यता भनेको बिज्ञानको सभ्यता हो । भारतीय हिन्दुहरुले वैष्णव सम्प्रदायको मान्यतामा आधारित धर्मका कारण १० औं शताब्दी अगाडिको भारतले आफ्नो मूल्य मान्यता गुमाएर पश्चिमा संस्कृतिक सभ्यताको जगमा आधारित धर्मको सुरुवात गरे । त्यसको प्रभाव नेपालमा पनि प¥यो जसको कारण वर्ण ब्यबस्था जात ब्यबस्था छुवाछुतको सुरुवात भयो, जसको कारण नेपालमा बिस्तारै–बिस्तारै आन्तरिक राष्ट्रियता कमजोर बन्न थालेको हो । भारतले नेपालको हिन्दू धर्म र भारतिय हिन्दुधर्म एउटै हो भनेर भारतीय काइष्टो सभ्यताले निलेको वैष्णव सभ्यताले नेपालको सम्पुर्ण सभ्यताको नष्ट गराएर नेपाल अन्ततः संस्कृतिक धार्मिक रूपमा एक गराएर राष्ट्र बिलोपन गराउने दाउमा छ । यो कुरा नेपालका हिन्दु सभ्यता, बौद्ध सभ्यता, किराँत सभ्यता बोकेका मुलुकमा ज्ञान हुन जरुरी छ । दुर्भाग्यत नेपाली हिन्दुहरुनै नेपालको हिन्दु सभ्यताको ज्ञानबाट बन्चित हुनु हिन्दुधर्मप्रति कन्फ्युजन रहनु प्रमुख समस्या रहेको हो । नेपालको वैदिक सभ्यताको इतिहास राम्रो अध्ययन गर्ने हो भने जातीय विभेद, सामाजिक विभेद, वर्ण विभेद र धार्मिक विभेद थिएन जसरी भारतीहरुले आफ्नो धर्मको उत्पत्तिको आधार स्तम्भ वैष्णव सम्प्रदायमा आधारित मानेर भारत सभ्यताको तोडमरोड गर त्यस्तै संस्कृतिक अतिक्रमण गरेर नेपालमा विभिन्न बिभाजन र बिखण्डनका बिजारोपण गरे त्यसैलार्ई अङ्गिकार गरेर नेपाली हिन्दु सभ्यताको तहसनहस गरेर भारतीय काइष्टो सभ्यताको अङ्गिकार गर्नुले नेपाली राष्ट्रियता कम्जोर हुनथालेको हो ।
राष्ट्रियता र मौलिक सभ्यताको महत्व
मानव सभ्यता र मौलिकताको हिसाबले उत्तर र दक्षिणका विशाल राष्ट्र देखिए पनि ज्ञान र बौद्धिकताको मूल्य मान्यताको हिसाबले ने बिद्याको केन्द्रभुमी मानिन्छ । पछिल्लो कालखण्डमा नेपाल भारतीय संस्कृतिक अतिक्रमणको कारण आन्तरिक राष्ट्रियतामा कमजोर देखिन्छन् । नेपाल एकीकरणको बेलासमेतको इतिहास अध्ययन गर्दा सबैलार्ई आ–आफ्नो कुल, देवता मान्न दिनु ज्ञानलार्ई माथि राखेर सबै कामहरू गर्नु भन्नुको तात्पर्य नेपालको आ–आफ्ना मूल्य मान्यता सभ्यता बचाइराख्नु भनेको हो, जसले राष्ट्र र राष्ट्रिय भावना अनन्त कालसम्म रहिरहन सकोस् भन्ने थियो । पछिल्लो अबस्थामा जङ्गबहादुरको मुलुकी ऐन सबै हुबहु भारतीय वैष्णव धर्मका कपी गरेर लेखिएको थियोे, जसले नेपालीको आफ्ना बिशिस्ट मौलिकता हराउने निश्चित भएको थियोे । बर्णको आधारमा जातजातको आधारमा भूमि बितरण गरेर बर्गको निर्माण गरिएको पाइन्छ, जसले काजी भण्डारा, डिठ्ठा बिचारी ब्याइते, ल्याइते, कोठी, भित्रेनी, चौतारिया र तिनका आफन्तले बिर्ता भूमि पाउने बाताबरण र मत्वाली मासिने मत्वाली र नमासिन्या मत्वालिले राज्य भूमि शिक्षासमेतबाट बन्चित रहनुपर्ने बाताबरण बन्यो, त्यतिबेलाबाट नेपालमा बिद्रोहको भयानक बीउ रोपिएको हो । यो सबै जङ्ग्बहादुरको स्वविवेकले भएको थिएन । भारतीय चस्माको साहेतामा पश्चिमा रणनीतिमा बनेको हो, जुन समस्या अहिले पनि यथावत् छ । नेपाल हिन्दुराज्य बनाउँदा “हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेष” भनेर राखियो । त्यो नै नेपाल राष्ट्रको राष्ट्रियता कमजोर बनाउने एउटा बाटो बनेको हो । अहिले पनि भारतीय शासकले नेपाललार्ई आफ्नै वैष्णव सभ्यताको संस्कृतिक अधीनमा नेपाल हिन्दुराज्य चाहेको हो, जस्ले कालान्तरमा बिजेपी संघ परिवारले आफ्नो रणनीति चाख पूरा गर्नेछ कि नेपाल भारतकै संस्कृतिक प्रान्त हो भन्नेतिर उद्यत हुनेछ । नेपालमा केही हिन्दुराज्य चहानेहरु भारतीको सहयोगमा नेपाल हिन्दुराज्य बनाउनेतर्फ उद्यत छन् । नेपाली सभ्यता र मौलिकता १९१० सालमा जलाएर भारतीय मूल्य, मान्यता, संस्कृति सभ्यताले थिचिएका हिन्दुहरुको कारण नेपालको राष्ट्रियता खतराको अबस्थामा जानसक्ने सम्भावना छ । अर्कोतिर नेपालको संविधान र मुलुकी आचारसंहिता ऐनले पूर्णत पश्चिमा संस्कृति, सभ्यताको प्रचारप्रसार गर्ने पाठ्यसामग्री बन्नुले नेपालको राष्ट्रियता थप संकटमा परेको हो । यहाँ नेपाली मौलिकता र सभ्यताको पुनर्जागरणका लागि लिच्छविकाल अगाडि पुगेर एपोचिनो पादरीहरुको पाइला समाप्त पार्नुपर्छ र त्यहीँबाट सुरु भएर अहिलेसम्म नारकिय जरजर बिभेदकारी समाजको परिवर्तनको बैज्ञानिक अनिवार्यता छ । भारतिय बर्णश्रम स्मृति सभ्यतासँग सम्बन्धित नेपाली हिन्दुसंस्कृतक मौलिकता बोकेका केही बौद्धिक बिश्लेषकहरु अन्ततोगत्वा नेपालको अस्तित्व समाप्त पार्ने संस्कृतिक दलाल र केही नयाँ पश्चिमा संस्कृक दलाललार्ई बेलैमा चिन्नु जरुरी हुन्छ । भारतीय बर्णश्रम धर्मको कारण नेपाली मौलिकता समाप्त भएको हो भनेर खुलेर भन्न न त राजनीति पार्टीको दस्तावेजमा बोल्छ न त नेपाली हिन्दु हौँ भन्नेहरू नै बोल्छन् । धार्मिक स्वतन्त्र राष्ट्र हो नेपाल धर्मनिरपेक्ष र धर्मसापेक्ष दुबै हुन सक्तैन भन्ने आट बिपिले राख्नु भयो । त्योभन्दा पछाडिको राजनीति नेतृत्व राजा सबैले सम्प्रदाय र समुहको बिचार बोके समग्र नेपाललार्ई मौलिक सभ्यतामा पुगाउन सकेनन् ।

प्रतिक्रियाहरु