भारतीय अतिक्रमणकाविरुद्ध बृहत जनप्रदर्शन

२०७६ मंसिर २२ गते, आईतवार

काठमाडौँ , २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र सो पार्टीनिकट अन्य जवसको संयुक्त आयोजनामा चितवनमा राष्ट्रिय स्वाधिनताको पक्षमा बृहत जनप्रदर्शन भएको छ । विरेन्द्र क्यम्पसबाट ठिक दिउँसो १२ बजे हजारौंको सहभागितामा कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड र भारतीय साम्राज्यवाद मुर्दावाद भन्ने लेखिएका प्लेकार्ड, राष्ट्रिय झण्डा, जवस मोर्चाहरुको झण्डा बोकेको जुलुस, सहर परिक्रमा गर्दै पुलचोकमा गई कोणसभामा परिणत भयो । कोणसभाको सञ्चालन सुमनले गरेका थिए । कोणसभालाई विद्यार्थी नेता सुदिप पौडेल र अखिल (क्रान्तिकारी) चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले सम्बोधन गरेका थिए । उक्त कोण सभालाई सम्बोधन गर्दै संयोजक लामाले भने – ‘भारतीय साम्राज्यवादले भर्खरै प्रकाशन गरेको राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेको छ । यो हाम्रो भूमिमाथि भारतीय साम्राज्यवादले गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दछु । साथै वर्तमान दलाल सामाजिक फासिवादी सरकारको नेतृत्व गरेको केपी ओली भारतीय साम्राज्यवादको अगाडि लम्पसार परेको छ । सबै देशभक्त, प्रगतिशील, राष्ट्रवादी शक्तिहरुलाई भारतीय हस्तक्षेपका विरुद्ध संयुक्त प्रतिरोध संघर्ष गर्न आह्वान गरे ।
यसैबीच, चितवनमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन् आउंदै गरेको दुई वटा स्कुल बसलाई प्रहरीले मकवानपुरबाट आफ्नो नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर २ स्थित सीता माविका विद्यार्थी चढेको बसलाई इलाका प्रहरी कार्यालय मनहरीको टोलीले समातेको थियो भने र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले समातेको थियो ।

प्रतिक्रियाहरु