भारतीय अतिक्रमणविरुद्ध एकजुट होऔं

२०७६ मंसिर २३ गते, सोमबार

देश यतिबेला भारतीय अतिक्रमणको मारमा परिरहेको छ । भारतले उसँग जोडिएका सबै स्थानमा सीमा मिच्ने काम गरिरहेको छ । पछिलो समयले भारतले अतिक्रमण गरेको नेपालीभूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा आमस्वाभिमानी नेपालीले चर्को विरोध गरिरहेका छन् । यतिबेला भारतीय अतिक्रमणविरुद्ध जनता जागेका छन् तर सरकार मूकदर्शक बनेर बसिरहेको छ । देश र जनताको पक्षमा संघर्ष चर्काउँदा सरकारले प्रतिबन्धित घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी यतिबेला भारतीय अतिक्रमणविरुद्ध कम्मर कसेर लागेको छ । उसले एक चरण शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ, उसको शान्तिपूर्ण संघर्षलाई सरकार र भारतले सम्बोधन नगरेपछि पुनः दोस्रो चरणका संघर्षका कार्यक्रमहरु अगाडि बढाइरहेको छ । भारतीय अतिक्रमणविरुद्ध सत्तासीन दल र प्रतिपक्षी दलहरु मौन बसिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीले थालेको संघर्ष सह्रानीय छ । त्यसैले राष्ट्र र राष्ट्रियतको निम्ति हरेक नेपालीले नेपाल कम्युनिस्ट पार्टीको यस संघर्षलाई साथ र सहयोग गर्नुको विकल्प छैन । समयमै भारतीय अतिक्रमणलाई नरोक्ने हो भने एक दिन नेपाल नै नरहने सम्भावना बढ्दै गएको छ । नेपाल नै नरहे हामी नेपाली कसरी रहौँला ?
तसर्थ, भारतीय अतिक्रमणविरुद्ध नेकपाले थालेको यस संघर्षलाई सफल बनाउनु हरेक स्वाभिमानी नेपालीको दायित्व हो । यस कारण राष्ट्रियताको यस आन्दोलनलाई सफल बनाउन ‘नेकपालाई साथ दिऔँ, भारतीय अतिक्रमणबाट मुक्त भई स्वाधीन र सार्वभौम राष्ट्र र नागरिक भई बाँचौँ’, आजको आवश्यकता, समयको माग यही हो, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु