काठमाडौँ , २४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समितीले भारतद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सामा कालापानी , लिम्पियाधुरा र लिपुलेक लाई समावेश गरिएको विरुद्धमा कंचनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित विरोध प्रदर्शन गरेको छ । सो विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कंचनपुर अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेको बताइएको छ । विरोध प्रदर्शको नेतृत्व अखिल (क्रान्तिकारी ) क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले गरेका थिए भने विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल , शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेताकार्यकर्ता सहित हजारौं विद्यार्थीको सहभागीता रहेको बताइएको छ ।
अन्तर्बार्ता

जनपक्षीय कार्यबाट अत्तालिएर गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो – चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी
० हालै तपाईं गिरफ्तार परेर छुट्नुभएकोे छ,के कारणले गिरफ्तार पर्नुभएको थियो ? हाम्रो संगठनको मुख्य अगुवाईमा नेपालका ११ विद्यार्थी संगठनले विगत एक वर्षदेखि- ...
थप पढ्नुहोस्बिज्ञापन
Connect to Facebook
Add Banner