भारतिय अतिक्रमणको बिरोधमा कोणसभा

२०७६ कार्तिक २२ गते, शुक्रबार

काठमाडौँ , २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी कास्कीले भारतिय हस्तक्षेप र सिमा अतिक्रमणको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको छ । सो पार्टीले चरणबद्ध रुपमा गर्ने संघर्षका कार्यक्रम अन्तर्गत आज पोखरा महानगर पालिका ३३ मा कोण सभा गरेको र जनतालाइ रास्ट्रघाती कदमबिरुद्द आवाज उठाउन जिल्ला सदस्य निशाले आह्वान गरे । जिल्ला सदस्य निशाले सभालाइ सम्बोधन गर्दै भने “बर्षौ देखि भारतियले सिमा अतिक्रमण गरिरहेको छ । महाकाली, लिम्पियाधुरा, लिपुलेक, सुस्ता जस्ता नेपाली भूमि नेपालको नक्सा देखि नै गायब भएका छन । देशका अधिकान्श भु- भाग जुन भारत र नेपालको सिमा बिच पर्दछ त्यो ठाँउमा सिमा बिवाद उस्तै छ । सिमा स्तम्भहरु रातारात हटेका छन् । तर सरकार चुप बसेको छ । त्यसैले अब जनताहरु अफ्नो सिमा र देशको अखण्डताको रक्षा गर्न एकजुट भएर लागौं ।”
यस्तै केन्द्रिय संघर्षका कार्यक्रम अन्तर्गत कार्तिक २३ गते भारतिय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतिय नक्सा जलाउने, २५ गते बिरोध प्रदर्शन, २६ गते भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदिको पुत्ला जलाउने, साथै कार्तिक २७ गते सयुत्त राष्ट्रसंघको नेपालस्थित कार्यलयमा बिरोध पत्र दिने जस्ता रहेका छन ।

प्रतिक्रियाहरु