भारतमा छैटौं चरणको मतदान आज

२०७६ बैशाख २९ गते, आईतवार

काठमाडौं, २९ बैशाख । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज छैटौं चरणको मतदान भइरहेको छ । यो चरणमा विभिन्न ७ राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुने छ । तीमध्ये दिल्लीका सात वटा लोकसभा क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । भारतको राजधानीसमेत भएकाले दिल्लीको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ करोड ४३ लाख मतदाता रहेको दिल्लीमा ७ स्थानमा यस पटक १६४ जना उम्मेदवार प्रतिश्र्धामा छन् । त्यस्तै उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्य प्रदेश, बिहार र पश्चिम बंगालका ८/८ र झारखण्डका ४ वटा निर्वाचन क्षेत्रमा पनि मतदान भइरहेको छ ।
यसअघिको लोकसभा निर्वाचनमा ५९ सिटमध्ये भाजपा ४४ स्थानमा विजयी भएको थियो । आजको निर्वाचनबाट संघीयमन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कंग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्रज्ञा सिंह ठाकुरसहित ९६८ को राजनीतिक फैसला हुँदै छ । भारतमा गत अप्रिल ११ देखि सुरु लोकसभा चुनाव मे १९ मा सकिनेछ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु